भोलि सार्वजनिक विदा दिइयो (सूचनासहित)

समाचार

काठमाडौं । नगरसभा भएको खुसीमा सार्वजनिक विदा दिइएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै विदा दिइएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ ।शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।

नगरप्रमुख बालकृष्ण बस्नेतले यसबारे जानकारी गराउनुभयो । विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक विदा दिने गरेकाले यसपटक पनि दिइएको बस्नेतको तर्क रहेको छ ।

सार्वजनिक सूचना सम्बन्धमा जारी सूचना यस्तो छ, ‘यस बाह्रविसे नगरपालिकाको मिति/०३/०९ गते ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९/०३/१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published.