अभिनेत्री दीयाले भनिन्, ‘यस्ता कठिनाईपछि पनि मेरो आँखामा हेर्नुभयो भने आनन्द देख्नुहुनेछ’

मनोरंजन

अभिनेत्री दीया पुनले सगरमाथा आरोहणका क्रममा भोग्नुपरेका विभिन्न समस्याबारे कुरा गरेकी छिन् ।उनले बिहिबार आफ्नो सामाजिक सञ्जालमा सगरमाथा आरोहणका क्रममा डढेको अनुहारको सेल्फी पोस्ट गर्दै समस्याबारे बताएकी छिन् । उक्त तस्बिरसँगै उनले लेखेकी छिन्, ‘ सायद निद्राको कमी, डिहाइड्रेशन, हावा र घामको सम्पर्कपछि होला, छालामा रातो, सुख्खा र गाढा धब्बा देखिएका छन् ।

क्याम्प टुमा पहिलो रोटेशनमा जाँदै गर्दा मात्र मैले आफ्नो अनुहार राम्रोसँग ढाक्न सिकेँ । तर जब तपाईं अत्यधिक थाक्नुहुन्छ नि त्यतिबेला तपाईंले सोच्ने अन्तिम कुरा भनेको आफ्नो छालालाई चरम अवस्थाबाट जोगाउनु हो ।

चिपिक्क परेको कपाल, पछिल्लो पटक कहिले नुहाएको थिएँ भन्ने कुरा बिर्सिएको थिएँ । तर यी सबै कठिनाइका बावजुद यदि तपाईंले मेरो आँखामा हेर्नुभयो भने तपाईंले पहाड चढ्दाको आनन्द देख्नुहुनेछ ।’उनले जेठ १३ गते शुक्रबार सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

‘भटक भटक’ मा नाजिर र आश्माको नृत्य -विशिष्ट कलाकार हरिवंशका छोरा मोहितवंश आचार्य र मेलिना राईको स्वर रहेको गीत ‘भटक भटक’ सार्वजनिक भएको छ । सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा ‘ए है माया’ को दोश्रो संस्करणको रुपमा ल्याइएको हो ।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माको अभिनय छ । डान्सिङ फ्लेवरको गीतको भिडियोमा गीतमा नाजिर र आश्माले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीले सम्पादन छ ।

Leave a Reply

Your email address will not be published.