रवि लामिछानेको नयाँ पार्टीबारे केपी ओलीको प्रतिक्रियाः ढिलो आयो तर कडा आयो (भिडियोसहित)

राजनिति

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेको नयाँ पार्टीबारे अनेकन प्रतिक्रिया आइरहेका छन् । रविले पछिल्लो समय आफ्नो नयाँ पार्टीको घोषणा गरेका हुन्। उनी राजनीतिमा आएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। यसैबीच, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रवी लामिछानेको पार्टीबारे ढिलोगरी प्रतिक्रिया दिएपनि कडा प्रतिक्रिया दिएका छन् ।

लामिछानेलाई संकेत गर्दै ‘चिनिएको छु भन्ने सोचले राजनीतिमा आएको मान्छेको विचार नहुने’ बताएका छन्। कहिले कहिले यस्तो हुने गरेको भन्दै उनले डेमोक्रेसीमा विचार नहुने व्यक्तिले संगठन बनाउन नसक्ने र पार्टी पनि चलाउन नसक्ने दाबी गरे। ओलीले युवाहरूले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रूपमा लिन नहुने बताएका छन्।

बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले युवाहरू स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रूपमा लिनुपर्ने बताए। अध्यक्ष ओलीले नेपालमा मुख्य रूपमा दुइटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरूले राम्रो काम नगरे त्यसको अपवादको रूपमा नयाँ शक्तिले जन्म लिने बताए। उनले राजनीति र राजनीति संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको बताए। अध्यक्ष ओलीले युवाहरूमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको उल्लेख गरे।

अध्यक्ष ओलीले भने, ‘यो गतिशील दुनियाँ हो। जो स्वतन्त्र रूपमा युवाहरू उम्मेदवार हुन्छु भन्छन्, काहीँ जित्छन्, यसलाई अपवादको रूपमा लिनुपर्छ। यसलाई समग्र सत्यको रूपमा होइन, यो आंशिक सत्यको रूपमा लिनुपर्छ। म यो पनि भन्दिनँ कि, नेकपा एमाले घाम(जून रहुन्जेल रहन्छ, नेपाली कांग्रेस घाम(जून रहुन्जेल रहन्छ भन्ने होइन। अहिलेको यथार्थ के हो भने नेपालमा आधारभूत, मुख्य रूपमा दुइटा पोलिटिकल पार्टी छन्, एमाले र नेपाली कांग्रेस।’

उनले थपे, ‘यिनीहरूले ठिक काम गरेनन् भने, कोही पनि ठिक काम नगरेर पनि लोकप्रिय भइरहने, अघि बढिरहने, जनताले विश्वास गरिरहने, माया गरिरहने, साथ दिइरहने निष्क्रिय भए पनि, योभन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन। समय गतिशील छ। राजनीति र राजनीति संगठनमा विचारको महत्व हुन्छ। गन्तव्य र उद्देश्यको महत्व हुन्छ। प्रजा परिषद् विचार, उद्देश्य गन्तव्यले सफल भएको हो। त्यसकारण विचार चाहिन्छ। युवाहरूमा राजनीतिप्रति व्यापक फ्रस्ट्रेसन छ भन्ने कुरा एक दुई वर्ष अघिसम्म सबैले युवाहरूले राजनीतिमा घृणा गर्न थाले भन्थे। त्यो कुरा सत्य होइन।’

अध्यक्ष ओलीले युवाहरूमा राजनीतिप्रतिको आकर्षण सही भएको बताए। उनले युवाहरूसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाहरूले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताए।
https://video.fktm9-2.fna.fbcdn.net/v/t42.1790-2/10000000_545981447224656_3830671541173383483_n.mp4?_nc_cat=105&ccb=1-7&_nc_sid=985c63&efg=eyJybHIiOjQyMywicmxhIjoxNTI2LCJ2ZW5jb2RlX3RhZyI6InN2ZV9zZCJ9&_nc_ohc=7Hc1ycPH55IAX9uBc6f&rl=423&vabr=235&_nc_ht=video.fktm9-2.fna&edm=AGo2L-IEAAAA&oh=00_AT8YwCihz-afTIwDlt046XJ9IAGYSeztDRez6OgtXQndvA&oe=62B4AB83

Leave a Reply

Your email address will not be published.