२२ वर्षकी युवतीको अचम्मको जागिर : पो<<र्न हेरेबापत् प्रत्येक घण्टा २५ सय दिइने

राेचक

काठमाडौं । अब पोर्न भिडियो हेरेर तलब पाइने भएको छ । अमेरिकाको एउटा वेबसाइटले २२ वर्षीया युवतीलाई यस्तो अनौठो काममा राखेको खुलेको हो ।त्यो केटीको काम पोर्न हेर्नु मात्रै हो । यो कामको लागि उनले धेरै तलब पनि पाउनेछन् । ती महिलाले प्रति घण्टा २० डलर अर्थात लगभग २५०० रुपैयाँ पाउनेछिन् ।यो समाचार एक महिना पुरानो भएपनि सामाजिक सञ्जालमा अहिले पनि भाइरल भइरहेको छ ।

पोर्न हेर्नको लागि किन यति पैसा दिइयो ?
२१ औं शताब्दीलाई सूचनाको युग भनिन्छ तर यथार्थमा यो युग बजारको हो । जानकारी मात्र एक इन्धन हो ।१९औं शताब्दीदेखि जताततै तहल्का मच्चाउने कुरा मार्केटिङमा छ । कर्पोरेट कम्पनीहरूले चौतर्फी विज्ञापनका लागि ठूलो बजेट दिन्छन् ।

मार्केटिङ गर्नेहरूको काम बिक्रीको विभिन्न विधिहरू पत्ता लगाउनु मात्र होइन ।मार्केटिङ गर्नेहरूले ग्राहक बुझ्न सक्नुपर्छ । अर्थात् बजार अनुसन्धानमा राम्रो पकड चाहिन्छ । जसले केही बेचिरहेको छ, उसले अनुसन्धान गर्छ, कसलाई बेच्ने, कसरी बेच्ने भन्नेजस्ता कुराहरुको ज्ञान हुनुपर्छ ।

बेडबिबल नामको एक वेबसाइट छ । यौन खेलौना समीक्षा, नवीनतम सेक्स तथ्याङ्क, ब्लग, पोडकास्ट वरपर बेडबिबलको कार्यक्षेत्र पर्छ ।यसबीच बेडबिबलले पोर्न उद्योगको बारेमा राम्रो जानकारी सङ्कलन गर्न अनुसन्धान सुरु गर्यो ।

यस अनुसन्धानका लागि स्कटल्याण्ड निवासी रेबेका डिक्सनलाई जागिर मिलेको छ । उनले ९० हजार आवेदकहरूलाई पछि पार्दै उक्त जागिर पाएकी हुन् ।न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्टका अनुसार रेबेकाले शारीरिक क्रिया पोजिसन, भिडियो कति लामो छ, अर्ग्याजम, पुरुष–महिला अनुपातलगायतका तथ्याङ्क सङ्कलन गर्नुपर्छ ।उनले विभिन्न पोर्न क्लिपहरूबाट ती तथ्याङ्क सङ्कलन गर्नुपर्छ, ताकि पोर्न हेर्ने प्रयोगकर्ताहरूको बारेमा विस्तृत रूपमा रिपोर्ट गर्न सकियोस् ।

न्यूयोर्क पोस्टसँग कुरा गर्दै, रेबेकाले के भनिन् ?
उनी भन्छिन्, ‘यो काम मेरो लागि उपयुक्त छ । यदि तपाईंले पोर्न हेरेर तलब पाउनुभयो भने, कसले पो गर्दैन ? इमानदारीपूर्वक भन्नुपर्दा, म छक्क परेको छु कि मलाई यो कामको लागि छनोट गरियो, किनभने म एउटा सानो शहरबाट आएकी हुँ, जहाँ धेरै कुराहरु हुँदैनन् । त्यसैले यो मेरो लागि राम्रो मौका हो ।’

न्यु योर्क पोस्टले रिपोर्ट गरे अनुसार रेबेकाको पहिलो असाइनमेन्ट (काम) पोर्नसाइट पोर्नहबको शीर्ष १०० भिडियोहरू हेरेर अवधिको बारेमा बुँदाहरु टिपोट गर्नु रहेको छ । ती भिडियोहरूमा देखाइएका सेक्स पोजिसनहरू, कलाकारहरूको कपालको रंग, भाषा, आदि बारे उनले नोट बनाउनु पर्नेछ ।

यो खबर सामाजिक सञ्जालमा भाइरल भएदेखि नै ‘मलाई पनि यो जागिर चाहिएको छ’ भन्ने जस्ता धेरै प्रतिक्रियाहरु आइरहेका छन् । तर यसमा एउटा गम्भीर कुरा पनि समावेश छ ।

समाजले कस्तो प्रकारको सामग्री उपभोग गरिरहेको छ, कस्तो सामग्रीको उपभोग गर्न छाडेको छ, यो अवधारणाले समाजको सामाजिक–सांस्कृतिक प्रवृत्तिलाई कसरी उजागर गर्छ । पोर्न पोर्न मात्र होइन । यसले समाजमा बस्ने मानिसको मानसिकतालाई देखाउँछ ।

Leave a Reply

Your email address will not be published.