जामुन खाएमा स्वास्थ्यलाई अचम्मको फाइदा हुन्छ, विश्वास लाग्दैन भने आफै परीक्षण गर्नुहोस्

स्वास्थ्य

काठमाडौं । जामुन ग्रीष्मकालीन स्वादिलो ​​फल हो । जुन स्वास्थ्यका लागि पनि धेरै हिसाबले फाइदाजनक हुन्छ ।जामुन खाँदा प्रायजसो बाल्यकालको सम्झनाहरू ल्याइदिन्छ । जुन दिन हामी बैजनी जिब्रो लिएर जामुनको साथ घुम्ने गर्दथ्यौं। तर, बाल्यकालमा जो कोहीले खान नपाएको जामुन अहिले भने विश्व बजारमा आएको क्रान्तिका कारण जहाँपनि पाउँन थालिएको छ ।

जामुनमा विशेषगरी पुरुषका लागि धेरै फाइदा छन् । यसले पेटसँग सम्बन्धित समस्या मात्र हटाउँदैन, यसले छालामा पनि राम्रो प्रभाव पार्छ । जानिराखौं जामुन खाँदा पुरुषको स्वास्थ्यमा के–के फाइदा हुन सक्छन् ।

गिजाबाट रगत बग्छ भने अचुक औषधी-गिजाबाट रगत आउने समस्यालाई हटाउन जामुन चुस्नु राम्रो मानिन्छ । जामुनमा एन्टिब्याक्टेरियल गुण पाइन्छ जसले गिजाबाट रगत आउन रोक्छ। यदि तपाई चाहनुहुन्छ भने जामुनको पातलाई पिसेर पनि दाँत सफा गर्न पाउडर बनाउन सक्नुहुन्छ ।

तौल घटाउन मद्दत गर्छ-जामुनलाई तौल घटाउने राम्रो फल पनि भन्न सकिन्छ । जामुनमा राम्रो मात्रामा फाइबर हुन्छ र कम क्यालोरी हुन्छ । जसका कारण यसले तौल घटाउन मद्दत गर्छ। साथै, यसमा उच्च पानीको मात्रा भएकाले बोसो घटाइदिन्छ ।

रक्तचापमा लाभदायक-जामुनमा पोटासियमको राम्रो मात्रा पाइन्छ । जसले गर्दा उच्च रक्तचापको जोखिमलाई टाढा राख्छ । रक्तचापको समस्या भएका पुरुषले जामुनको सेवन गर्नु अति लाभदायी छ ।

छाला स्वस्थ रहन्छ-जामुनले छालाबाट पिम्पल, चाउरी र दागलाई टाढा राख्न काम गर्छ । पुरुषहरूले प्रायः आफ्नो छालाको हेरचाहलाई गम्भीरतापूर्वक लिँदैनन्, त्यसैले जामुन खानु राम्रो विकल्प हो। जामुनमा राम्रो मात्रामा भिटामिन सी हुन्छ जसले छालालाई कायाकल्प गर्न मद्दत गर्छ।

Leave a Reply

Your email address will not be published.