ओलीको असार १७ वाला भविष्यवाणी ठ्याक्कै मिल्ने संकेत, ‘गोप्य सूचना’ लिक भएपछि ठूलो तनावमा देउवा !

राजनिति समाचार

काठमाडौं । ज्योतिषीको भविष्यवाणीमा अत्यधिक विश्वास गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई ज्योतिषविद्याकै डर देखाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भविष्यवाणी मिल्ने संकेत देखिएको छ ।

चुनाव प्रचारका दौरान विराटनगर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले २४ वैशाखमा भने, ‘शेरबहादुरजी असाध्यै ज्योतिषीमा विश्वास गर्नुहुन्छ। त्यसो भए आफ्नो ज्योतिषीलाई बोलाएर सोध्नुस्– जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ ?’

विराटनगर पुगेर यस्तो भन्नुभन्दा दुई दिनअघि पत्रकार विजयकुमारलाई दिएको अन्तर्वार्तामा पनि अध्यक्ष ओलीले गठबन्धनलाई ‘ग्रहदशा लागेको’ दाबी गरेका थिए। ओलीको भविष्यवाणी मिल्ने संकेत देखिएको छ । गठबन्धन टुट्न सक्ने लक्षणहरु देखिन थालेका छन् ।

नेपालमा फेरी बाम एकताका लागी चिन लागिरहेको भन्ने खबर आइरहेका बेला ओली र प्रचण्डसँगको चिनीयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको कुराकानीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । वाम गठबन्धनको सुरसार भएपछि शेर बहादुर देउवा सबैभन्दा ठूलो तनावमा छन् ।

सत्ता गठबन्धनदल माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र रडाको मच्चिएको छ । यस्तै अर्को गठबन्धन दल नेकपा माओवादी केन्द्र पनि निहुँ खोज्न थालेको छ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोकको चौतारामा आज आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा काँग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गरे ।

नेता पुनले भने, ‘स्थानीय तह निर्वाचनमा काँग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो। आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो। अब आउने निर्वाचनमा काँग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

नेता पुनले काँग्रेसको चलाखीका बाबजुद अझै पनि काँग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मानजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए ।

‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ, नेता पुनले सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’

बाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भए पनि राज्यको प्राथमिकता छोडेर कम्युनिस्ट भएर धार्मिक अन्धतामा मात्र रमाउने र स्वेच्छाचारी ओली प्रवृत्तिका कारण बाम गठबन्धन अहिले सम्भावना नभएको बताए। स्थानीय तहको निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आए पनि माओवादी केन्द्र भरोसायोग्य पार्टीको रूपमा जनताको बीचमा स्थापित भएको र जनताले विश्वास पनि गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.