डेरामा बस्ने २६ वर्षीया युवती लुगा उठाउन छतमा जाँदा भयो नसोचेको घटना

समाचार

काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । गए राति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट अचानक लड्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

गरगहनाचोरी
जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घर बाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाखको धनमाल चोरी गरेको छ ।

प्रवक्ता प्रनाउ विष्टका अनुसार स्थानीय दिलीपकुमार मिश्र सपरिवार यही असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी घरको ताल्चा फुटाइ चोरले सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी रु १९ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी गरी लगेका छन् ।

नीजि स्कूलको शुल्क घटाउने बालेनको तयारी, नेताको दैलोमा व्यवसायी-काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका नीजि विद्यालयहरूले अब आफूखुशी शुल्क लिन नपाउने भएका छन् ।

मेयर बालेन साहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेको हो । महानगरले तोकेको शुल्क मात्र लिन पाउनेगरी मापदण्ड तोक्ने गृहकार्य मेयर बालेनको रहेको बताइएको छ ।

मेयर साहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि काठमाडौंका नीजि विद्यालयको शुल्कमा कडाई गर्ने संकेत गर्नुभएको थियो ।

काठमाडौंभित्रका नीजि विद्यालयहरूले मनलाग्दी पैसा उठाएको चर्चा भैरहेका बेला मेयर साहले गरेको यस्तो तयारीले धेरै अभिभावक लाभान्वित हुनेछन् ।

नीति तथा कार्यक्रममा साहले निजि विद्यालयको शुल्क वैज्ञानिक तरिकाले निर्धारण हुँदा अहिले भएको शुल्कमा पुनरावलोकन गर्ने बताउनुभएको थियो ।

अहिले काठमाडौंका नीजि विद्यालयहरूले शुल्कको आतंक नै मच्चाएका छन् । सरकारी विद्यालय राम्रा नहुँदा नीजि विद्यालयमा बच्चा पढाउनुपर्ने अभिभावकको बाध्यताको फाइदा उठाएर निजि विद्यालयले विभिन्न शिर्षकमा चर्को शुल्क असुलीरहेका छन् ।

यदि महानगरले विद्यालयको अनुगमन गरेर शुल्क समायोजन गर्ने हो भने लाखौँ अभिभावक लाभान्वित हुनेछन् ।मेयर बालेन साहको यस्तो तयारीपछि नीजि विद्यालय सञ्चालकहरूको दौडधुप चलेको छ । उनीहरूले नेताहरूको घरदैलोमा पुगेर महानगरको यस्तो तयारी रोक्न बार्गेनिङ गर्न थालेका छन् ।

प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेर नीजि विद्यालय सञ्चालकहरूले बिन्ती गर्न थालेको बताइएको छ ।

प्राधनमन्त्री पत्नी आरजु राणा देउवा आफैमापनि विद्यालय सञ्चालक भएकाले उहाँमाफर्तपनि शुल्क समायोजन गर्ने महानगरको नीति रोक्न दवाव दिन थालिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.