नीजि स्कूलको शुल्क घटाउने बालेनको तयारी, नेताको दैलोमा व्यवसायी

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका नीजि विद्यालयहरूले अब आफूखुशी शुल्क लिन नपाउने भएका छन् ।मेयर बालेन साहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेको हो । महानगरले तोकेको शुल्क मात्र लिन पाउनेगरी मापदण्ड तोक्ने गृहकार्य मेयर बालेनको रहेको बताइएको छ ।

मेयर साहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि काठमाडौंका नीजि विद्यालयको शुल्कमा कडाई गर्ने संकेत गर्नुभएको थियो ।

काठमाडौंभित्रका नीजि विद्यालयहरूले मनलाग्दी पैसा उठाएको चर्चा भैरहेका बेला मेयर साहले गरेको यस्तो तयारीले धेरै अभिभावक लाभान्वित हुनेछन् ।

नीति तथा कार्यक्रममा साहले निजि विद्यालयको शुल्क वैज्ञानिक तरिकाले निर्धारण हुँदा अहिले भएको शुल्कमा पुनरावलोकन गर्ने बताउनुभएको थियो ।

अहिले काठमाडौंका नीजि विद्यालयहरूले शुल्कको आतंक नै मच्चाएका छन् । सरकारी विद्यालय राम्रा नहुँदा नीजि विद्यालयमा बच्चा पढाउनुपर्ने अभिभावकको बाध्यताको फाइदा उठाएर निजि विद्यालयले विभिन्न शिर्षकमा चर्को शुल्क असुलीरहेका छन् ।

यदि महानगरले विद्यालयको अनुगमन गरेर शुल्क समायोजन गर्ने हो भने लाखौँ अभिभावक लाभान्वित हुनेछन् ।मेयर बालेन साहको यस्तो तयारीपछि नीजि विद्यालय सञ्चालकहरूको दौडधुप चलेको छ । उनीहरूले नेताहरूको घरदैलोमा पुगेर महानगरको यस्तो तयारी रोक्न बार्गेनिङ गर्न थालेका छन् ।

प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेर नीजि विद्यालय सञ्चालकहरूले बिन्ती गर्न थालेको बताइएको छ ।

प्राधनमन्त्री पत्नी आरजु राणा देउवा आफैमापनि विद्यालय सञ्चालक भएकाले उहाँमाफर्तपनि शुल्क समायोजन गर्ने महानगरको नीति रोक्न दवाव दिन थालिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.