बालेनलाई ओलीको सरप्राइज, झनै पलायो आशा !

समाचार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली युवाप्रिय नेता र आशा जगाउने र सपना देखाउने नेताका रुपमा युवामाझ सुपरिचत छन् । ओली आफैंमा नराम्रा होइनन् तर उनका आसेपासे र सल्लाहकारहरुका कारण अधिक आलोचित बन्दै आएका छन् । प्रधानमन्त्री बनेका बेला नयाँ नक्सा छाप्ने देखि दीर्घकालिन् महत्वका काम उनको नेतृत्वमा भयो ।

अहिले फेरि एकपटक उनले स्वतन्त्रबाट स्थानिय तहमा चुनाव जितेकाहरुलाई सरप्राइज दिएका छन् । प्रायः विरोधी र विपक्षी खेमाको कटु आलोचक मानिने ओलीले यसपटक भने स्वतन्त्रहरुको उदयपछि पलाएको आशालाई बल पुग्नेगरी अभिव्यक्ती दिएका छन् ।

स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन शाह र स्वतन्त्रबाटै धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङसम्मलाई प्रमुख ओलीले सरप्राइज दिएका छन् ।

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले काठमाडौँ ,धरान , धनगढी जस्ता महत्पुर्ण ठाउँहरुमा उमेदवारी दिएर सानदार जित निकाल्न सफल भए पछि आसन्न प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा पनि त्यसको असर देखिएको छ ।

हाल प्रतिनिधीसभामा सबैभन्दा ठूलो दल रहेको एमालेका अध्यक्ष ओलीले स्वतन्त्र उमेदवारहरु प्रति कठोर टिप्पणी गरेर आलोचना गर्छन् होला भन्ने धेरेको अनुमान रहेको थियो तर सबैलाई सप्राइज दिँदै ओलीले स्वतन्त्र उमेदवारहरु प्रति देखिएको लहरलाई स्वाभाविक भएको भन्दै उल्टै ढाडस दिने अभिव्यक्ति दिएका छन् ।

स्वतन्त्र उमेदवारी दिएर देशमा केहि गर्छु भने आउँने युवाहरुलाई स्वागत गर्नु पर्ने भन्दै अ‍ोलीले यसलाई नकारात्मक रुपमा लिन नहुने बताएका छन् । बालेन शाह काठमाडौँको मेयरमा निर्वाचित नहुँदै घरैमा बोलाएर बधाई दिएका ओलीले केही गर्छु भनेर आउँनेहरुलाई विरोध गर्न नहुुने बताएका छन् ।

चुनावी दौरानमा पनि काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेको तर्फबाट उमेदवार बनेका केशव स्थापितले स्वतन्त्र उमेदवार बालेन शाह माथी गाली गलौजको शैलीमा उत्रिएका बेला ओलीले युवाहरुको राजनिती प्रतिको आकर्षणलाई राम्रो मान्नु पर्ने भन्दै स्वतन्त्र उमेदवार बालेनलाई ढाडस दिँदै अभिव्यक्ति दिएका थिए।

अहिले पनि ओलीले राजनितीमा युवाहरुको आकर्षण भएन भनिएको बेला केहि गर्छु भन्ने भिजन सहित आएको युवाहरुलाई हतोत्साहित गर्न नहुने भन्दै स्वतन्त्र उमेदवारीको लहरलाई स्वाभाविक रुपमा लिनु पर्ने बताए । बरु धमिलो पानीमा माछा मार्ने प्रवृति देखाउँनेहरु प्रति भने सचेत हुन पर्ने ओलीको मत रहेको छ ।

ओलीले स्वतन्त्र उम्मेदवारहरुले चुनाव जित्नु र राजनीतिमा स्वतन्त्र युवाहरूको लहर आउनुलाई स्वाभाविकरूपमा लिनुपर्ने बताएका छन् ।टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थापित राजनीतिक दलहरू युवाको भावनासम्म पुग्न नसकेकाले क्षति भर्नका लागि नयाँ मानिस आउने बताए ।

ओलीले भने, ‘युवाहरूमा फ्रस्टेसन छ भनिथ्यो अलि एक९दुई वर्षअघिघसम्म । युवाहरू पार्टीमा संगठित हुन पाएनन् वा पार्टीहरू युवासम्म पुग्न सकेनन् । विचार सम्प्रेषण गर्न सकेनन् र पार्टीले युवालाई आफ्नो विचारमा समेट्न सकेनन् । यस्तो ठाउँमा उनीहरू आफैं संगठित भएर आउनु स्वाभाविक हो । युवामा राजनीतिप्रतिको आकर्षण हुन राम्रो कुरा हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।’

ओलीले मुलुकमा आज पनि मुख्य पार्टी एमाले र कांग्रेस नै रहेको भन्दै उनीहरूले राम्रो काम नगर्दा यो भन्दा राम्रो गर्छु भनेर आउनेलाई रोक्न नहुने बताए । कुनै पनि दल सदाका लागि नरहने भन्दै ओलीले घाम जुन रहेसम्म एमाले र कांग्रेस रहन्छन् भन्न नसकिने बताए ।

ओलीले स्वतन्त्रहरूको एउटा लहर आएको भन्दै भेलमा माछा समाउँछु भन्नेहरू पनि यसमा मिसिएको टिप्पणी गरे । अध्यक्ष ओलीले पत्रकार, कलाकार पनि यो भेलमा आइरहेको भन्दै अरुलाई नालायक भनेर आफूमात्र लायक भन्नेहरू थोत्रो राजतन्त्रको उत्खनन् गरिरहेको आरोपसमेत लगाए ।

Leave a Reply

Your email address will not be published.