सचिन परियार किन माग्दै हिडेका छन् त ? खुल्यो रहस्य

समाचार

काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालमा एक तातिएको नाम हो सचिन परियार। उहाँ सानै उमेरमा कलाकारिता क्षेत्रमा जम्नुभयो । खुबै चर्चामा आउनुभयो । अहिले उहाँ हराउनुभएको छ ।

मिडिया कै कारण उहाँ कलाकारिता क्षेत्रमा चर्चामा आएको र अहिले बाटोमा माग्दै हिडेको अबस्थामा देख्न थालिएको छ । मिडिया कै कारण सचिन काठमाडौँ को नं – १ बोर्डिंग स्कुलमा फ्री मा पढ्न भर्ना हुनुभएको थियो ।

मिडियाकै कारण कृष्ण कंडेलको सहायताले उहाँले फ्रीमा पढ्न पाउनुभएको थियो । तर अहिले सचिन बाटोमा माग्दै हिँडेको भिडियोहरु आएको छ । त्यसपछि सबै दर्शकहरुले मिडियाले उच्याल्यो र पछ्यार्यो भनेर भन्न थालेका छन् । यसको बास्तविकता बुझ्न मिडियाकर्मी यो बिषयमा चासो राख्न थालेका छन् ।

सचिनले पढ्ने स्कुलमा बुझ्दा सचिन ६ महिना देखि स्कुल नगएको र उहाँको बुबाले नै स्कुलबाट अनेक बहाना बनाएर स्कुलबाट लागेको खुल्न आएको छ ।

सचिनका बुबा तेजेन्द्रले स्कुलमै आएर मेरो छोराको अधिकार मसँग छ भन्दै दादागिरी पूर्वक निकालेर लगेको स्कुलको आरोप छ ।

६ महिनासम्म छोरालाई स्कुलको सम्पर्कमा नल्याएका कारण स्कुलको एक बर्षको शैक्षिक कार्यक्रम नै सचिनले गुमाउनुभएको छ ।

छोरालाई निमोनिया भएपछि उपचारका लागि निकालेको पछि निको भएपछि सम्पर्क गर्दा अब अर्को बर्ष मात्र ल्याउँनु यो बर्ष नल्याउनु भनेपछि आफू स्कुलको सम्पर्कमा नगएको हो सचिनका बाबु तेजेन्द्रले बताउनुभयो ।

उहाँले अहिले भने सचिन बच्चा भएकाले स्कुलपनि नगएको अवस्थामा यता उता हिड्दा कसैले गीत गाउ भन्यो भने पैसा हात थाप्ने रहेछ, मैले पैसा माग भनेको हैन । बच्चा हो उसलाई जे मन लाग्यो त्यही गर्यो होला तेजेन्द्रले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.