कति बिशाल हृदय बालेन साहको ? राजनीतिक गुरुसँगको भेटमा भएको कुराकानी छायो सामाजिक सञ्जालमा, बालेनप्रति झनै बढ्यो सम्मान !

समाचार

काठमाडौैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेन साहले फेरि एकपटक सबैको मन जितेका छन् । बालेनले विशाल हृदय देखाएका हुन् । निर्वाचित भएका दिनदेखि अहोरात्र जनताको सेवामा खटिएका मेयर बालेनको नयाँ भेट र भेटमा भएको कुराकानी बाहिरिएको छ । मेयर शाहले आफ्ना राजनीतिक गुरु नरसिंह व्यञ्जनकारसँग भेट गरेका छन्।

बालेनले आफ्ना गुरुसँगको भेटमा गरेको कुराकानी सामाजिक सञ्जालमा समेत छाएको छ । व्ययञ्जनकारसँगै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनसँगको तस्बिर साझा गर्दै बालेन्द्रले लेखेका छन्, ‘धेरै कुरा सिक्नु छ। र, केही कुरा बदल्नु छ।’बालेन्द्रले आत्मिय र प्रष्ट मार्गदर्शनका लागि गुरुप्रति आभार प्रकट गरेका छन्।

‘राजनीतिक गुरुसँग गुरुभाइहरुको भेटघाट’ भन्दै उनले लेखेका छन्, ‘सानैमा पढियो, गुरुको अर्थ अँध्यारोबाट उज्यालोतर्फबाट लैजाने हो। व्यक्तिगत जीवनमा त्यसको अनुभव गरियो पनि। अहिले एउटा विशाल अभियानमा रहँदै गर्दा गुरुको अर्थ र भूमिकाको झन् धेरै अनुभव गर्न पाएको छु। यति आत्मिय र प्रष्ट मार्गदर्शनका लागि मेरा गुरु नरसिंह व्यञ्जनकारप्रति आभारी छु।’

शाहले अगाडि लेखेका छन्, ‘यो सबै अनुभव गरिरहँदा म भन्न सक्छु, नयाँ हुने बित्तिकै सबै राम्रो वा पुरानो हुने बित्तिकै सबै नराम्रो भन्ने हुँदैन। नयाँ र पुरानोहरुले हातेमालो र सहकार्य नगरेसम्म हाम्रो मौलिकताले समय सुहाँउदो नयाँ संस्करण भेट्टाउँदैन। यसैले पुरानाले हिँडेको बाटोका राम्रा र नराम्रा पक्षहरु सुन्नु छ। आफू हिँड्दै गरेको बाटोको बारेमा सोध्नु छ। धेरै कुरा सिक्नु छ। र, केही कुरा बदल्नु छ। यति हो, म एउटा चाल्नो बन्न सकुँ। पुराना पुस्ताका नराम्रा कुरा सबै छानेर राम्रा जति अब आउने पुस्तालाई सुम्पिन सकुँ।’

त्यस्तै, जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बालेनको भनाइ छ । काठमाडौँमा हैजाको प्रकोप फैलिन नदिन नागरिकलाई पानी उमालेर मात्र प्रयोग गर्न अपिल गर्दै उनले बताए ।

‘जुनसुकै स्रोतको भए पनि पानी उमालेर मात्र पिउनुहोला । स्वास्थ्यमा कुनै गडबडी देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला । महानगरले आफ्नोतर्फबाट गर्नु पर्ने कामहरु अगाडि बढाइरहेको छ ।’ उनको अपिलमा उल्लेख छ ।

अहिले वडा २८ को बागबजार र २९ को डिल्लीबजार क्षेत्रमा हैजाका जीवाणु देखिएको छ । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार, काठमाडौँ महानगरका २ जना गरी उपत्यकाका १२ जना विरामी अस्पतालमा हैजाको उपचार गराइरहेका छन् ।

हैजाका जीवाणु देखिएका ठाउँहरुबाट महानगरले पानीको नमूना लिएर परीक्षण गर्ने, पानीको स्रोत र ढल निकासको अवस्था निरीक्षण तथा सुधार गर्ने, सचेतनाका लागि घरदैलो कार्यक्रम गर्ने कार्यक्रम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.