चितवनमाआफ्नै आमा माया देवीको मकै बारीमा लगेर ज्या<<न लिए ३७ वर्षीय छोरा अर्जुनले

समाचार

चितवन, १४ असार :आफ्नै आमा माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पहिरोको कारण तीन सडक अवरुद्ध :पहिरोका कारण लम्जुङ, पाल्पा र दैलेखका तीन वटा सडक अवरुद्ध भएका छन् ।लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित बेशिशहर–डुम्रे सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरुद्ध भएको छ ।

अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानदेखि सिद्धबाबा मन्दिरसम्म बिभिन्न स्थानमा मंगलबार बिहान ढुङ्गा सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

दैलेखको बिन्द्रासैनी नगरपालिका–७ चिसाखोलास्थित कर्णाली राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरोध भएको छ । प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.