ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !

समाचार

काठमाडौं । तीज नजिक आउँदै गर्दा नेपाली दर्शकले धेरै याद गर्ने गायिकाहरुमा ज्योति मगर पनि पर्नुहुन्छ ।उहाँको छाडा र उत्ताउलोपन नेपाली दर्शकले खुबै मन पराउँछन् । समय समयमा दिने बयान र अश्लील प्रस्तुतीका कारण गायिका मगर चर्चा र विवादमा पर्ने गर्नुभएको छ ।

हालै उहाँले मेला महोत्सवमा जाँदा आयोजकसँग कसरी कुरा हुन्छ भन्ने कुराको गहिरो जवाफ दिनुभयो । कमेडी च्याम्पियन–२ का फस्ट रनर अप विक्की अग्रवालले ल्याएको ‘आम्मा कस्सम याँ दुख्छ’ पहिलो एपिसोडमा अथितीको रुपमा मगर आउनु भएको थियो । पहिलो एपिसोड एकदम द्विअर्थी (दोहोरो अर्थ लाग्ने वाक्य) ले भरिएको छ ।

ओएसआर रियालिटी युट्यब च्यानलबाट सार्वजनिक एपिसोड झण्डै पाँच दिन भैसक्दा चार लाख पटक हेरिएको छ । १८ वर्षकाले मात्र एक्लै हेर्नु भन्ने सन्देशविना नै सुरु भएको शोमा विक्की ज्योतिलाई देखेर आफूलाई सम्हाल्न नसकेको भन्दै मगरको स्तन छोप्न खोज्नुहुन्छ । त्यसपछि के गरेको भन्दै मगरले भन्नुभयो, ‘यस्तो हट मौसममा हट केटीलाई सिरक नओडाउन भाई ।’

त्यसपछि अग्रवालले आफूलाई गाह्रो भएको भन्दै आँखामा पट्टी बाँध्नुभयो । अब आउँछ ज्योतिको पालो । उहाँले पट्टी खोल्दै भन्नुभयो, ‘कस्तो ग्वाँचे भाई रहेछ । यस्ती राम्री केटीलाई हेरेर मजा लिनु नि, आँखा छोपेर बसिराछ क्या अब होईन… त्यहीँमाथि म १८ प्लस !’

जवाफमा विक्कीले भन्नुभयो, ‘तर मेरो अनुभव अनुसार, ठ्याक्क नघटी नबढी ३६’ छोटोमा गायिका मगरले जवाफ दिदैँ भन्नुभयो, ‘३६ रे ४०’ छाडापन अझैं सकिएको छैन् ।

विक्कीले थप्दै भन्नु भएको छ, ‘अरुले मलाई एकदम सानो भिजन भाको मान्छे भन्थे त्यो कुरा ठिकै रहेछ । मेरो नजर नै स्यानो (सानो) रहेछ ।’ फेरि ज्योतिले भन्नुभयो, ‘यो भाईको नजर मात्रै होईन्, धेरै कुरा स्यानो छ जस्तो लाग्यो मलाई त ।’

शोमा गायिका मगरले तिमिहरू जस्तो नयाँ भाइहरूलाई केही दिऊँ भनेर आएको जस्ता कुराहरु पनि गर्नुभयो । कार्यक्रमको बीचमा महोत्सवमा आयोजकले कसरी बोलाउँछन् भनेर कुरा उठ्छ ।

विक्कीले सोध्नुभयो–तपाईंलाई अर्गनाइजर (आयोजक) हरुले निमन्त्रणा दिनुहुन्छ कि देख्ने वित्तिकै जाने हो भन्नुहुन्छ ?यसमा गायिका मगरको जवाफ–खासमा मलाई अर्गनाइजरले चाँही निमन्त्रणा दिनुभन्दा अगाडि, जाने हो भन्नु भन्दा अगाडि गर्ने हो भनेर सोध्नुहुन्छ ?

गायिका मगरले आफ्नो कुरालाई थप ब्याख्या गर्दै आयोजकहरुले महोत्सवमा कार्यक्रम गर्ने हो सोध्ने गरेको बताउनुभयो । शोमा चार वर्ष अगाडि भएको एक घटनाको कुरा पनि उठ्यो ।

२०७५ साल मंसिरमा गायिका समेत रहनु भएकी मोडल मगर एकादशी मेलामा आयोजित एक कार्यक्रममा सहभागी हुन नवलपरासी जानु भएको थियो । कार्यक्रम सकेर होटेल फर्केपछि आयोजकमध्येका एकले उहाँमाथि दुर्व्यवहार प्रयास गरेको खबर बाहिर आएको थियो ।

सुत्ने तरखरमा रहेका बेला मगरको ढोकामा राति २ बजे ढकढक भयो, उहाँलाई डर लाग्यो । त्यसपछि मगरले फेसबुकमा लाइभ गर्नुभयो । मोबाइललाई एक छेउमा राखेर उहाँले ढोका खोल्नुभयो । बुझ्दै जाँदा थाहा भयो, ढोका ढक्ढकाउने अरु कोही नभएर त्यही होटलका मालिक थिए ।

कोठमा आएर मालिकले मगरलाई आफ्नो गाडीको साँचो समेत लिएर जान भनेका थिए । ज्योतिलाई होटल मालिकलाई कोठाबाट बाहिर पठाउन निकै समस्या परेको थियो ।

सोही विषयमा बोल्दै गायिका मगरले राती आशावादी व्यक्ति कोठामा अतृप्त आत्मा भएर आएको भए पनि आफूले प्यास मेटाउन नसकेको उल्लेख गर्नुभयो । गीतको कुरा गर्दै पिसाब लाग्यो भन्नेबारे पनि उहाँले केही बोल्नुभयो । उहाँका अनुसार सो गीत रमाइलोका लागि भन्दा पनि धेरै सार्वजनिक शौचालय चाहियो भन्ने सन्देश दिनका लागि बनाइएको थियो ।

कार्यक्रमकै दौरानमा उहाँले छाडा बोलेपनि आफू अझै कुमारी नै रहेको दावी गर्नुभएको छ । छाडा बोल्ने मात्रै की अरुपनि भनेर विक्कीले सोध्दा उहाँले आई एम स्टिल भर्जिन भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.