के हो बाथ राेग, कसरी चिन्ने बाथ राेगलाई, जान्नै पर्ने यी कुराहरु (भिडियाे सहित)

समाचार स्वास्थ्य

के हो बाथ राेग, कसरी चिन्ने बाथ राेगलाई, जान्नै पर्ने यी कुराहरु (भिडियाे सहित) । डा। दिपा शाह; बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ।

बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो । सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो ।

गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ जसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ । बाँकि जानकारी तलकाे भिडियाे बाट लिन सक्नुहुनेछ:-

पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति-गायिका दिलमाया सुनारको हत्या आशंकामा समातिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

उनले आफ्नै प्रेमीका सुनारलाई पैसाका कारण मारेको आशंका प्रहरीले गरेको छ ।गत शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया कामी (सुनार) काठमाडौंस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरमा डेरा गरी बस्ने दिलमायाको हत्या आशंकामा उपत्यका अपराध अनुसन्धान महाशाखाले सिन्धुपाल्चोकको साँगाचोकगढी–२ का सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका श्रेष्ठले दिलमायाले झुण्डिएर आत्महत्या गरेको बयान दिएका छन् । तर दिलमाया झुण्डिएको भनिएको पासो महाराजगञ्जमा सडकको नालीमा फेला परेको छ । उक्त सल श्रेष्ठले नै त्यहाँ फालेको खुलेको छ ।

मृतकको मोवाइल अझै भेटिएको छैन । यस्तै मृतकका आफन्त आइतबार साँझ आइपुगेपछि पोष्टमार्टम गरिएको छ । तर रिपोर्ट आउन बाँकी रहेको बालाजु वृत्तका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

८ बजे दिलमायाको कोठामा पुगेका सूर्य भोलिपल्ट बिहान ४ बजे त्यहाँबाट भागेको पाइएको छ । दिलमायाका बुबाले सूर्यविरुद्ध कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएका छन् । प्रहरीले जाहेरी दर्ता गरी थप अनुसन्धान गरिरहेको अधिवक्ता गणेश वलीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.