दिलमाया सुनार मु<<त्युको कारण खुल्यो, आयो अर्कै रिपोर्ट

समाचार

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतीक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् ।

पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्‍याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले बताए । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले चाहिँ पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताए । तर चिकित्सकसँग सम्पर्कमा रहेको स्रोतका अनुसार जाँचबुझमा संलग्नले सुनारको मृत्यु ‘स्ट्यांगुलेसन’का कारण नभएको भनेका छन् ।

प्रहरी अधिकृतहरुका अनुसार यो भनेको उनको मृत्यु घाँटी थिचिएका कारण नभएको भन्ने हो । ‘शरीरमा अन्यत्र पनि कुनै चोटपटक देखिएको छैन, ह्याङ्गिङकै कारण मृत्यु भएको चिकित्सकले भनेका छन्’ प्रहरी स्रोतले भन्यो । उनले मृत्यु अघि केके खाएकी थिइन् भन्ने थाहा पाउन प्रहरीले भिसेरा जाँच गर्ने तयारी पनि गरेको छ । यद्यपि, यसको रिपोर्ट आउन समय लाग्छ ।

उनको शव बेडमा उत्तानो परेको अवस्थामा थियो। घाँटीमा निलडाम थियो। त्यसैरात दिलमायासँगै रहेका उनका प्रेमी सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। दिलमायाले झ्यालमा झुन्डिएर आत्महत्या गरेको सूर्यले प्रहरीलाई बताएका छन्।

राति आफू निदाएको बेला दिलमाया झुण्डिएको अवस्थामा देखेको र पासो खुस्काएर बेडमा ल्याए पनि दिलमायाको प्राण गइसकेको बताएका छन्। तर उनले पासो लागेको सल महाराजगन्जस्थित झाडीमा फालेका थिए। सूर्यले नै जानकारी दिएपछि उक्त पासो लागेको सल प्रहरीले फेला पारेको थियो।

दिलमायाको मृत्युपछि सूर्य त्यहाँबाट भागेका थिए। तर सुरुमा सूर्यले प्रहरीलाई आफू त्यहाँ नरहेको बताएका थिए। पछि सीसीटिभी फुटेज र लोकेसन ट्रयाकका आधारमा पत्ता लगाएपछि मात्रै उनले घटना हुँदा त्यहीँ रहेको स्वीकार गरेका थिए।.

यस्तै, दिलमायाको मोबाइल पनि भेटिएको छैन। त्यो मोबाइल पनि सूर्यले नै गायव गरेको प्रहरीको आशंका छ। घटना हुनुभन्दा पहिले दिलमायाको फेसबुकपेजमा सुसाइट नोट लेखिएको थियो। त्यसबारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। यस्तै घटनामा प्रयोग भएको सल पनि ल्यावमा पठाइएको छ।

दिलमायाका बुबाले पक्राउ परेका श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन्। प्रहरी वृत्त बालाजुको हिरासतमा राखेर श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published.