शेयर बजारमा उछाल आउने संकेत, अर्थमन्त्रीको यस्तो प्रस्ताव गभर्नर अधिकारीले गरे आँखा चिम्लेर स्वीकार !

आर्थिक समाचार

काठमाडौं । पछिल्लो केही महिना यता पानी बाराबार र खासै बोलचाल समेत नरहेका अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षका लागी मौद्रिक नीति ल्याउने तयारी गरिरहेका बेला अर्थमन्त्री शर्मा र गर्भनर अधिकारीबीचको कुराकानीलाई निकै अर्थपूर्ण ्र सरकारात्मक रुपमा हेरिएको हो ।

मौद्रिक नीतिको बिविध बिषयमा अर्थमन्त्री र गभर्नर विच कुराकानी भएको बताइएको छ । केही बिषयहरुमा भने अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग बिशेष अनुरोध गरेको बताइएको छ । सेयर बजार घटाएको गम्भीर आरोप खेपिरहेका अर्थमन्त्री शर्माले सेयर बजार बढ्ने गरि मौद्रिक नीति ल्याइदिन पनि गभर्नरसँग अनुरोध गरेको खबर छ ।

सेयर बजारबारे पहिलोपटक भएको यो सौहार्दपूर्ण कुराकानीले सेयर बजारमा उछाल आउने विश्लेषण हुन थालेको छ । अर्थमन्त्रीको सेयर बजार बढ्नेगरी मौद्रिक नीति ल्याउनु भन्ने प्रस्तावमा गभर्नर अधिकारीले निकै सकारात्मक जवाफ दिएको बुझिएको छ ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहँदा बुधबार अर्थ मन्त्रालयमा मन्त्री शर्मा र गभर्नर अधिकारीबीच छलफल भएको हो।उक्त छलफल मौद्रिक नीतिबारे केन्द्रित रहेको मन्त्रालय स्रोतले बतायो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल पनि सहभागी थिए।

अर्थमन्त्री शर्माले सेयरबजारमा सेयर धितो कर्जामा ४–१२ को नीति राख्दा सेयरबजारमा गिरावट आएकाले सम्बोधन गर्न भनेका थिए। त्यस्तै उनले बैंकरहरुले उठाएको सीडी रेसियोमा खुकुलो नीति लिन गरेको मागलाई ध्यान दिन आग्रह गरेका थिए। मन्त्रीले यस्तो आग्रह गरेपछि गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई अहिलेको अर्थतन्त्रअनुसार कसिलो नीति नै उपयुक्त हुने देखिएको जवाफ दिएका थिए।

योजना आयोगका उपाध्यक्ष पौडेलले बजेटरी कार्यक्रमलाई सहयोग पुग्ने मौद्रिक नीति आवश्यक रहेको बताएका थिए। पछिल्लो समय केन्द्रीय बैंकले चालू आवमा अख्तियार गरेको मौद्रिक नीतिलाई लिएर बैंकर तथा सेयर लगानीकर्ता गभर्नर अधिकारीप्रति असन्तुष्ट छन्।

निरन्तर सेयरबजार ओरालो झरिरहँदा अर्थमन्त्री शर्माले राष्ट्र बैंकका नीति संशोधन हुनुपर्नेमा निरन्तर जोड दिँदै आएका छन्। सेयर लगानीकर्ताहरुले पनि मन्त्री शर्मालाई पटक पटक दबाव दिइरहेका छन् । अर्थमन्त्रीको प्रस्तावलाई गभर्नरले भने सकारात्मक जवाफ दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published.