माधव नेपालले गराइदिएका थिए जननेता मदन भण्डारी र राष्ट्रपति विद्या भण्डारीको विवाह, बिहेको खर्च थाहा पाएपछि चकित पर्नुहुनेछ !

समाचार

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलन खम्बा मदन भण्डारीलाई असार १४ गते बिशेष रुपमा सम्झियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यो दिनलाई बिशेष रुपले मनायो । एमालेका पूर्व महासचिव एवं जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीको जन्म दिन हो असार १४ गते ।

मदन भण्डारीको जन्मदिन नेकपा एमालेले विभिन्न कार्यक्रम गरेर मनायो । एमाले र बाहिरका पनि विभिन्न व्यक्तित्वहरुले मदनलाई विभिन्न तरिकाले सम्झिएका छन् । मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो मार्ग दर्शक सिद्धान्त मान्दै आएको छ । भण्डारीले प्रतिपादन गरेको जबजकै लोकप्रियताका कारण एमाले मुलकको प्रमुख शक्तिको रुपमा स्थापित भएको मानिन्छ ।

हालकी राष्ट्रपति विद्यादेवी भण्डारी र मदनको विवाह २०३९ सालमा भएको थियो । मदन र विद्याको विवाहको बारेमा पुराना बामपन्थी नेता प्रदिप नेपालले केहि रोचक खुलासा गरेका छन् । बिहेमा भएको खर्चले सबैलाई चकित बनाएको छ । मदन र विद्याको विवाहमा जम्मा १५० रुपैया मात्रै खर्च भएको उनले सुनाएका छन् ।

मदन भण्डारीबाट अत्यन्तै प्रभावित भएर राजनितीमा होमिएका प्रदिपले मदनसँगको आफ्नो सम्झनाहरु सेयर गर्दैै विवाहको प्रशंग पनि सुनाएका छन् । मदन र विद्याको विचका जनवादी विवाह भएको स्मरण गदैै उनले भनेका छन् खर्च जम्माजम्मी १५० रुपैया भएको र त्यसमा अर्को रोचक कुरा पनि उनले सुनाएका छन् ।

मदन र विद्याको विवाह सामान्य समारोह गरेर गरिएको उनले सुनाएका छन् । नेकपा एमाले विभाजन गरेर हाल नेकपा एसका अध्यक्ष बनेका माधव कुमार नेपाल सभापती बनेका थिए उक्त विवाह समारोहमा । हाल जसपाका नेता रहेको अशोक राइले उद्घोषण गरेको नेपालले सुनाएका छन् ।

मदन र विद्याको विवाहको स्मरण गर्दै प्रदिप नेपाले भनेका छन् ०३९ सालमा मदनले विद्या भण्डारीसँग विवाह गर्दासम्म मदनको व्यक्तित्व सार्वजनिक भइसकेको थिए । विद्यासँग १४ साउन ०३९ मा विराटनगरको तिटोलियाको एक घरमा विवाह गर्दा मदन भूमिगत थिए ।भूमिगत भएका कारण विवाह रातमा गर्नुपरेको थियो । माधवकुमार नेपाललाई सभापति राखेर गरिएको विवाह कार्यक्रममा उद्घोषक थिए आशोक राई । विवाहपछि मदन र विद्या चौरमा बसेको तस्वीर गोपाल श्रेष्ठले मोरङको लक्ष्मीमार्गमा खिचेका थिए ।

नेपाल अगाडी थप्छन् ‘विवाहका लागि पार्टीले १५० रुपैयाँ छुट्याएको थियो । विवाहका लागि भन्दै मदनको परिवार पनि घिउचामल लिएर विराटनगर आइपुगेको थियो । मदन र विद्याले रुमाल साटासाट गरे, मदनले सिन्दुर लगाइदिए र विद्याले माला ।’

जम्मा ४१ बर्ष बाँचे पनि नेकपा एमाले भित्र मात्रै होइन सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र मदन भण्डारीको नाम स्वर्ण अक्षरले लेखिएको छ । कतिपय अन्तराष्ट्रिय मिडियाहरुmले त मदनलाई नेपाली माक्र्सका रुपमा नै व्याख्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published.