बालिका ब<ला<त्कारको आरोपमा ८० बर्षीय वृद्ध प<क्रा<उ

समाचार

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा ८० बर्षीय वृद्ध पक्राउ परेका छन् । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–७ का ८० बर्षीय दिलबहादुर बिक पक्राउ परेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक मुकेश न्यौपानेले यसको पुष्टि गर्नुभयो ।बिहिबार राती बलात्कार आरोपी बिकलाई राती पक्राउ गरी थप अनुसन्धन शुरु गरिएको जानकारी दिनु भयो ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिकाको मेडिकल परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको इन्स्पेक्टर न्यौपानेले बताउनु भएको छ ।

आँखामा समस्या देखिएपछि बिकलाई अहिले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गरिएको पनि प्रहरीले जनाएको छ ।

गुडिरहेका बेला अचानक आफ्नै नम्बरको अर्को मोटरसाईकल आएपछि…काठमाडौं । अनौठो त त्यति बेला लाग्छ जब आफ्नै सवारीको नम्बर भएको अर्को सवारीपनि आफ्नै नजिक आइपुग्छ । एउटै देशमा एउटै प्रकृतीका सवारीको नम्बर एउटै हुनै सक्दैन ।

जस्तै मोटरसाईकल कुनैकोपनि नम्बर हुबहु दोहोरिन्न । तर काठमाडौंमा भने यस्तो भयो । बुधबार गौशला चोकमा एउटै नम्बरका दुई वटा मोटरसाईकल एकअर्काबीच भेट भयो ।

दुवै मोटरसाइकलमा एउटै नम्बर थिए । पानी परिरहेकाले सवारी चालकले रेनकोट लगाएका थिए । तर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो ।एक अर्का एकसाथ नै भेट भए । पछाडीबाट प्रदीपजंग क्षेत्रीले उक्त बाईकको फोटो खिचिदिए ।त्यसपछि क्षेत्रीले खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटै नम्बरको दुई वटा मोटरसाइकल देखिने तस्वीर भाइरल भएपछि अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान थालेको छ ।

कार्यालयका एसपी सञ्जिव शर्माका अनुसार अहिले दुवै मोटरसाइकलको खोजी भइरहेको छ । ‘यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर कसले फट्याइँ गरेको हो भन्ने पत्ता लगाउँछौं’ उहाँले बताउनुभयो ।

गुर्जुधारास्थित यातायात कार्यालय (मोटरसाइकल) का अनुसार तस्वीरको बायाँतर्फ देखिएको बजाजको पल्सर मोटरसाइकलको लागि सो नम्बर जारी भएको हो ।

तर बजाजकै एनएस मोटरसाइकलले पनि सोही नम्बर जडान भएको देखिएकोले तुरुन्त पक्राउ गरी ल्याउन ट्राफिक प्रहरीलाई पत्राचार गरिएको कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई पनि यसबारे जानकारी दिइएको छ । यो हुनै नसक्ने अवस्था हो ।

कुनै एकले अपराध गरेर फरार भएमा अर्को पर्ने सम्भावना हुन्छ । तर उनीहरु एकसाथ देखिएका कारण मिलेर गैरकानूनी कार्य गर्नपनि यस्तो गरेको हुनसक्छ । प्रहरीले यसलाई गम्भीर रुपमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.