९३ अर्ब डलर सम्पतिका मालिक अम्बानीले बिहे गरेकी छोरीलाई यति ठूलो सम्पत्तिको बागडोर दिँदै

समाचार

काठमाडौं । ६५ वर्षीय मुकेश अम्बानी एसियाको सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । ९३ अर्ब डलर सम्पतिका साथ उहाँ आज एसियाको सबैभन्दा धनी व्यक्ति बन्नु भएको छ ।

यसबीच अम्बानीले विस्तारै छोराछोरीलाई बागडोर दिन थाल्नु भएको खबर बाहिर आउँदैछन् । रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीले अब बच्चाहरुलाई जिम्मेवारी बाँड्न थाल्नु भएको हो ।

जेठा छोरा आकाश अम्बानीलाई रिलायन्स जियोको नेतृत्व सुम्पिएपछि अब छोरी ईशा पनि रिटेल व्यवसायको अध्यक्ष बन्ने पक्का भएको छ ।

यसको आधिकारिक घोषणा छिट्टै हुने अपेक्षा गरिएको छ । तर, आज हामी तपाईलाई रिलायन्स रिटेलकी भावी अध्यक्ष इशा अम्बानीको बारेमा केही महत्वपूर्ण कुरा बताउन गइरहेका छौँ ।

जुम्ल्याहा
रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीका तीन सन्तान छन्, जसमध्ये आकाश र ईशा जुम्ल्याहा दिदिभाई हुँदा अनन्त अम्बानी कान्छो छोरा हुनुहुन्छ । ईशा पहिलो पटक चर्चामा तब आउनु भएको थियो, जब उहाँ १६ वर्षको उमेरमा विश्वकै कान्छी अर्बपति उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा पर्नुभयो ।

अध्ययन
३० वर्षीया इशा अम्बानीले येल विश्वविद्यालयबाट अध्ययन गर्नुभएको छ । मुकेश अम्बानीकी एक्ली छोरी ईशाले त्यहाँ मनोविज्ञान पढ्नु भएको थियो ।

त्यसपछि उहाँले स्ट्यानफोर्ड ग्रेजुएट स्कूल अफ बिजनेसबाट एमबीए गर्नुभयो । इशा अम्बानीले अमेरिकाको म्याकिन्से एण्ड कम्पनीमा पनि काम गरिसक्नु भएको छ ।

प्रेरणा
हाल, ईशा अम्बानी रिलायन्स रिटेल भेन्चर्स लिमिटेडको मार्केटिङको काम हेर्दै आउनु भएको छ । उहाँलाई सन् २०१६ मा फेसन पोर्टल अजियो सुरु गरेको श्रेय पनि दिइन्छ ।

बुबा मुकेश अम्बानीले एक पटक टेलिकम कम्पनी रिलायन्स जियोको सुरुवातको प्रेरणा छोरी इशा अम्बानी भएको कुरा बताउनु भएको थियो । इशाले भाइ आकाश अम्बानीलाई ब्रान्डिङ र उपभोक्ता निर्णयहरूमा मद्दत गर्ने गर्नुभएको छ ।

सन् २०१८ मा ईशाको आनन्द पिरामलसँग विवाह भयो । आनन्द पिरामलका पिता अजय पिरामल हुनुहुन्छ, जो पिरामल समूहका प्रमुख पनि रहनु भएको छ । सन् २०१८ को डिसेम्बरमा आनन्द पिरामल–इशा अम्बानीको विवाह भएको थियो ।

Leave a Reply

Your email address will not be published.