दाँत नमाझेकाले डेढ वर्षको छोरालाई किस गर्न श्रीमतीले रोकेपछि रिसाएका श्रीमानले हत्या गरे

Uncategorized राेचक

काठमाडौं । एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।भारत, केरलाबाट एक चकित पार्ने हत्याको घटना बाहिर आएको हो । त्यहाँको पलक्कड जिल्लामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।

हत्याको कारण थाहा पाउँदा सबै हैरान छन् । श्रीमतीले श्रीमानलाई आफ्नो डेढ वर्षको बच्चालाई दाँत नमाझी चुम्बन गर्नबाट रोकेकी थिइन् ।यो घटना पलक्कड जिल्लाको काराकुर्सीको हो । घटनामा संलग्न श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान श्रीमान अविनाशलाई श्रीमती दीपिकाले डेढ वर्षको छोरालाई दाँत नमाझी चुम्बन गर्नबाट रोकेपछि उक्त घटना भएको हो ।सोही कुरालाई लिएर दुवैबीच झगडा सुरु भयो । अविनाशले रिसाएर दीपिकामाथि बञ्चरो प्रहार गरेँ । जसकारण उनको घाँटी र टाउकोमा गहिरो चोट लागेको थियो । दीपिकाको चिच्याहट सुनेपछि छिमेकी उनलाई बचाउन दौडिए ।

उनीहरुले दीपिकालाई रगत बगेको अवस्थामा पहिले पेरिन्तलमन्ना एमईएस अस्पताल पुर्याए, त्यसपछि एमईएस सहकारी अस्पतालमा भर्ना गरियो । तर पनि उपचारका क्रममा उनको मृत्यु भयो ।

अविनाश एयरफोर्स सिभिल कन्ट्र्याक्टिङ कम्पनीमा सहायक सुपरभाइजरका रुपमा कार्यरत छन् । दुई महिनाअघि उनी परिवारसँग काराकुरीसीमा बस्न थालेको जानकारी गराइएको छ । अविनाशले आफ्नी पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेका थिए । पहिलो श्रीमती ओडिशाकी थिइन् । उनले २०१९ मा दीपिकासँग दोस्रो विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published.