७ वर्ष अघि क्यानडा भ्रमणको गल्तीमा कपिल शर्माविरुद्ध अहिले मुद्धा दर्ता, पर्यो गम्भीर संकट

मनोरंजन

काठमाडौं । भारतका चर्चित कमेडियन कपिल शर्मा गम्भीर समस्यामा परेका छन् । कपिल शर्मा यतिबेला क्यानडा भ्रमणमा छन् ।उनीसँगै ‘द कपिल शर्मा शो’ को सम्पूर्ण टिम पनि भ्रमणमा छ । कपिल आफ्ना सहकर्मीसहित त्यहाँ प्रदर्शन गर्न गएका हुन् ।यसैबीच उनीविरुद्ध उजुरी परेको छ । यो उजुरी उत्तरी अमेरिकामा एक सम्झौता उल्लङ्घन गरेको सम्बन्धमा परेको हो ।

तपाईंलाई जानकारी गराउ यो अहिलेको भ्रमणको नभई ७ वर्षअघिको २०१५ को हो ।जानकारी अनुसार साई यूएसए आईएनसीले कपिल शर्मा विरुद्ध २०१५ मा भएको उत्तरी अमेरिका भ्रमणको सम्झौता उल्लङ्घन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अमेरिकामा शोका प्रख्यात प्रवर्द्धक अमित जेटलीका अनुसार यो मुद्दा छ वटा शोसँग सम्बन्धित छ, जसका लागि कपिल शर्मालाई २०१५ मा उत्तर अमेरिकामा बोलाइएको थियो । उहाँका अनुसार पैसा पनि तिरिएको थियो ।

जेटलीको आरोप अनुसार शर्माले ती छ शहर मध्ये एकमा प्रस्तुती दिएका थिएनन् ।

त्यसका लागि उनले क्षतिपूर्ति दिने वाचा पनि गरेका थिए । तर पछि न त शो गरे न त कुनै जवाफ नै दिए । अदालत जानुअघि आफूहरुले शर्मालाई पटकपटक सम्पर्क गर्ने प्रयास गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

एक न्यूज च्यानलसँग कुरा गर्दै जेटलीले यो मुद्दा न्युयोर्कको अदालतमा विचाराधीन रहेको बताउँदै आफूले कपिलविरुद्ध कानुनी कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

कपिलले जुलाईको दोस्रो हप्ता न्यूयोर्कमा शो गर्नेछन् । उनी गत महिना भारतबाट क्यानडा पुगेका थिए ।

कपिलले कृष्णा अभिषेक, राजीव ठाकुर, चन्दन प्रभाकर, किकु शारदा र सुमोना चक्रवर्ती लगायत आफ्नो टोलीसँग भ्यानकुभरमा शो गरिसकेका छन् । यसबाहेक कपिलको अर्को लाइभ शो पनि टोरन्टोमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published.