नेपहपको श्रीपेचमा आयो यस्तो बिरोध , गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र त्यस्तो मुकुट लाउन पाईने

मनोरंजन

यतिबेला नेपालमा रियालिटी शो को लहर र लहड नै चलेको छ । यस्तै शो मध्येको एक हो ¥याप ब्याटल नेपहपको श्रीपेच । यस शो ले बिजेता समेत पाईसकेको छ । यस शो को उपाधी भाइबर साइमनले प्राप्त गरे । अब पछिल्लो समय उनले लगाएको श्रीपेचका बिषय बिबादमा तानिएको छ । शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट विवादमा परेको छ ।

विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले मुकुट लगाइदिएका थिए । सोही मुकुट अर्थात श्रीपेचका बिषयमा बिबाद आएको हो । संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने बताएका छन् । अब यसैको बिरोध सुरु भएको छ ।

संस्कृति तथा सम्पदा अभियन्ता मिलनरत्न बज्राचार्यले मुकुटको बिरोध गर्दै सामाजिक संजालमा लेखेका छन् ‘यो मुकुट र्‍याप ब्याटर जितेर पाउने कुरो होइन । यो मुखःमा बञ्चतथागत रहेको हुनाले बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउन पाउने मुख हो । उनले यसको आवश्यकता र महत्वलाई ध्यानराख्न समेत सुझाव दिएका छन् ।
अभिनेत्री तब्बु भन्छिन्– उमेर हुँदा अजय देवगनले जासुसी गरे, अहिले उमेर ढल्क्यो , बिबाह गर्न मन लाग्दैन-बलिउडकी चर्चित अभिनेत्री तब्बु मेमा रिलिज भएको फिल्म ‘भूल भुलैया २’मा देखिएकी थिइन् । फिल्ममा उनको दुईवटा भूमिका थिए, जसलाई निकै रुचाइएको थियो । फिल्ममा उनीसँगै कार्तिक आर्यन र कियारा आडवाणी पनि देखिएका थिए । यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भयो । फिल्मले कमाईका धेरै रेकर्ड तोडेको छ । यससँगै यो फिल्म ओटीटीमा पनि रिलिज भएको थियो, जहाँ यसलाई निकै रुचाइएको थियो ।

यो फिल्मपछि अब तब्बु अजय देवगनको फिल्म ‘दृश्यम २’ मा देखिदै छिन् । यस फिल्ममा यी दुई स्टारका अलावा अक्षय खन्ना पनि देखिनेछन् । अभिषेक पाठकको निर्देशनमा बनेको यो फिल्म यसै वर्षको नोभेम्बर १८ मा हलमा रिलिज हुँदैछ, जसको फ्यानहरु आतुर छन् । यो फिल्म तब्बु र अजय देवगनको फिल्म ‘दृश्यम’ को रिमेक हो । तब्बु र अजय देवगनले धेरै फिल्ममा सँगै काम गरेका छन् ।

दुवैको जोडीलाई पर्दामा निकै रुचाइएको छ । तर के तपाईलाई थाहा छ अजय देवगनको कारण ५१ वर्षीया तब्बु अझै एक्लै छिन् । हो, यो कुरा तब्बु आफैले एकपटक खुलासा गरिन् । तब्बुले अजय देवगनका कारण आजसम्म बिहे गर्ने मन नमानेको बताइन् । तब्बुको अफेयरको धेरै चर्चा भएपनि उनी आजसम्म एक्लै बसिन्, जसका लागि उनले अजय देवगनलाई जिम्मेवार बताएकी छिन् । तब्बुले एक अन्तर्वार्तामा भनिन्, ‘अजय देवगनले उनलाई विवाह गर्न दिएनन् ।

तब्बुले भनिन्, ‘अजय देवगन मेरो कजिन समीर आर्यको छिमेकी र नजिकका साथी थिए, म सानै छँदा दुवैले मलाई नियाल्थे । मलाई जासुसी गर्थे। मलाई पछ्याउने गर्दथ्यो र कुनै केटाले मसँग कुरा गरेको पाइएमा पिट्ने धम्की दिन्थ्यो । दुवै ठूला गुण्डा थिए । आज म अविवाहित छु, जसको बारेमा अजयले पनि आफ्नो कार्यको पछुताउनेछन् ।

Leave a Reply

Your email address will not be published.