काठमाडौं । एउटा अति मनमोहक झोलुङ्गे पुल भाइरल बनिरहेको छ ,तस्वीर मात्र देख्दा मानिसहरुले कहाँ को हो ? भने जान्न खोजिरहेका छन् । यो पुल भक्तपुरको सूर्यविनायक नगरपालिका–९ र १० को सिमानामा रहेको झोलुङ्गे पुल हो ।
सरकारको १ करोड १६ लाख रुपैयाँको लगानीमा यो पुल निर्माण भएको हो । २ सय ४४ मिटर लम्बाई रहेको लामो पुलको उद्घाटन सांसद महेश बस्नेतले गर्नुभएको थियो ।
सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले झोलुङे्ग पुल बनेपछि हजारौं बासिन्दा पुलमा आएर रमाएको र यहाँबाट ओहोरदोहोर गर्ने गरेको जानकारी दिनुभयो ।
उहाँले यो पुल बनेपछि अग्लो महादेव अवलोकन गर्न जान सहज हुनाका साथै आशापुरी र काँक्राबारी जान पनि सजिलो भएको बताउनुभयो ।थापाका अनुसार उपत्यका विकास प्राधिकरणको ४० लाख रुपैयाँको बजेटले उकालो बाटोमा ढलान भएको थियो।
थापाले पदमार्ग बनाउन पर्यटन विकास मन्त्रालयको १२ लाख रुपैयाँको बजेटले सिँढी निर्माण गरिएपछि रौनक अझै बढेको बताउनुभयो ।