छोरी भेट्न अस्टेलिया पुग्नुभएकी आमाको विमानस्थलमा पुगेपछिको रुवाबासीको वास्तविकता के हो ?

समाचार

काठमाडौं । अस्टेलिया भएकी छोरी भेट्न नेपालबाट मलेसिया हुँदै मेलबर्न पुगेर अलपत्र पर्नुभएकी आमाको उद्धारा भएको छ ।केर्न्स पुग्नु पर्ने ७८ वर्षीय नरमाया खाती मेलबर्नको टलामरिन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पर्नुभएको थियो ।

खातीलाई बिहानको समयमा विमानस्थलको आगमन कक्षमा रुँदै बसेको अवस्थामा एक सहृदयी नेपालीले भेट्नुभयो ।जानकारी अनुसार खातीसँग रहेको मोबाइल फोन अफ थियो, चार्ज गर्ने विकल्प नभएको हुनाले त्यसको प्रयोग गरेर उहाँको आफन्तसँग सम्पर्क हुन सकेन् ।

नेपालबाट गएका आफन्तजन लिन विमानस्थल अरु पनि पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पूरको विमान चढ्नु भएकी खाती त्यहाँबाट मेलबर्नलाई ट्रान्जिट बनाउँदै केर्न्स पुग्नु पर्ने थियो ।

दिउँसो १:00 बजे तिर केर्न्स पुग्नु पर्ने आमालाई लिन छोरी मिनाकुमारी खाती त्यहाँको विमानस्थल पुग्नु भएको बताइन्छ । तर, आमा यता मेलबर्नमा अलपत्र परेको कुनै सुईँकोसम्म उहाँलाई भएन ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ । आमाबाबु नेपालबाट बोलाउँदा आफ्नो नम्बर या ठेगाना केही कागजमा लेखेर पठाउने कुरामा ध्यान दिनुपर्ने सल्लाह दिइयो ।

नरमाया खाती साँझ सकुशल छोरीसँग पुग्नुभयो । सामाजिक सञ्जालमा मान्छेहरु छोरी र नेपालबाट एक्लै पठाउनेहरुलाई लिएर आक्रोशमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published.