मलाई सिध्याउन श्रीमानसँगको भिडियो इडिट गरेर चरित्र ह<<त्या भयो : टिका वली

समाचार

काठमाडौं । नेकपा एमाले सल्यान जिल्ला नेतृ टिका वलीले आफ्ना श्रीमानसँग बनाईएको भिडियो सम्पादन गरेर चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।

भिडियो सार्वजनिक भएको तेस्रो दिन आज सल्यानमा वलीले पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन् । कर्णाली प्रदेश सभा सदस्य एवम् नेकपा एमाले सचेतक गुलाबजंग शाहसँग जोडिएर बागचौर नगरपालिका(१२ सल्यानकी वलीको टिकटक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् ।

पत्रकार सम्मेलनमा वलीले भिडियोमा देखिएको आफु नै भएको बताइन् । तर, साथमा भएको पुरुष शाह नभई आफ्नो श्रीमान भएको दावी गरेकी छिन् । केही वर्षअघि बनाईएको उक्त भिडियो हाल आएर माननीयको अनुहार जोडेर केही व्यक्तिले आफ्नो चरित्र हत्या गर्न खोजेको उल्लेख गरिन् ।

चरित्र हत्यामा सम्लग्न व्यक्तिका बारेमा भने केही खुलाउन चाहिनन् । यद्यपी उनेले भिडियो सार्वजनिक भएको दिन फेसबुकमा चरित्र हत्यामा सम्लग्न व्यक्तिलाई चिनेको बताएकी थिइन् ।

‘म राजनीतिमा उदाउँदै गरेको मान्छे हुँ । म अगाडि बढेको हेर्न नचाहनेहरुले भिडियोको दुरुपयोग गरे ।’ वलीले भनिन्, ‘मलाई सिध्याउने गरी मेरो चरित्र हत्यामा सम्लग्नका विरुद्ध साइबर अपराधको मुद्दा अगाडि बढाउछु ।’

यस्तै, वलीसँग जोडिएको भिडियो सामाग्री बाहिरिएपछि सचेतक शाहले सोमवार आफ्नो धारणा सार्वजनिक गर्दै भिडियोमा देखिएको व्यक्ति आफू नभएको भन्दै आफूमाथी गम्भिर अन्याय भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published.