बालेन त्यसै बालेन भएका रहेनछन्, यति ठूलो विवाद एक सटमै गरिदिए समाधान !

समाचार

काठमाडौँ — दशकौ बढी बर्षदेखि जरो गाडेर बसेका प्रमुख दलका उम्मेदवारलाई किकआउट गर्दै इतिहास रचेर काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहका पछिल्ला कामले बालेन त्यसै बालेन भएका रहेनछन् भन्दै सामाजिक सञ्जालमा टिप्पणी सुनिन थालेका छन् । बालेनले जस्तोसुकै समस्याको सटिक समाधान निकाल्ने गर्छन् । यसैबीच, बालेनले आफैमाथि आएको एउटा विवादको एकसटमै समाधान निकालेका छन् ।

हिपहप रियालिटी सो ’नेपहपको श्रीपेच’को विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई श्रीपेच बुझाएका छन् ।

प्रतियोगिताका बिजेता साइमनलाई उपाधिमा ’पञ्च बुद्ध मुखः’ लाई श्रीपेचको रुपमा प्रदान गरिएको थियो । नेपालमा पहिलो पटक आयोजित ’नेपहपको श्रीपेच’ को उपाधि भाइबर साइमनले जितेका थिए । मेयर शाहले निर्णायक मण्डलका एक सदस्य थिए ।

बज्राचार्य समन्वय परिषदले विजेतालाई दीक्षित बज्राचार्य गुरुजुहरुले मात्रै लगाउने पञ्च बुद्ध ’मुखः’लाई ¥याप प्रतियोगतामा उपाधिका रुपमा प्रदान गरेको भन्दै आपत्ति जनाएको थियो ।

’पवित्र मुखःलाई ’नेपहप’ पगरीको रुपमा प्रयोग गरेकोमा समस्त बज्रयानी बौद्धहरुको अवमूल्यन हुन गएकाले हामी यसको घोर भर्त्सना गर्दछौं,’ परिषदले मंगलबार विज्ञप्तिमा भनिएको थियो । परिषदले सो कार्यलाई पुनः नदोहो¥याउन आयोजकहरुसँग आग्रह पनि गरेको थियो ।

Leave a Reply

Your email address will not be published.