यी भाइरल वडाध्यक्ष मुकुन्द रिजाल बालेनजस्तै जनजनको मनमनमा बस्ने संकेत, देखाए अर्को धमाका !

समाचार

काठमाडौं । पहिलो बैठकमै विवादित अभिव्यक्ती दिएर भाइरल बनेका काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल मेयर बालेन साहजस्तै जनजनको मनमनमा बस्ने संकेत देखिएको छ । अध्यक्ष रिजालले जनप्रतिनिधिको सेवा सुविधा घटाउने लोकप्रिय प्रस्ताव अघि सारेका हुन् ।

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकमा बोल्दै उनले जनप्रतिनिधिहरूलाई सेवा सुविधा नलिन पनि अनुरोध गरे। ‘हामी जनप्रतिनिधिहरु लोकसेवाबाट आएका होइनौं, हामी जनताको मन वचन पूरा गर्नका लागि सेवा गर्न आएका हौं,’ रिजालले बैठकमा भने, ‘जनप्रतिनिधिमा भएको सुविधा काट्दिन र नलिन अनुरोध गर्दछु।’

लोकसेवा दिएर जागिर खानका लागि आएका कर्मचारीलाई जनप्रतिनिधिको सेवा सुविधा दिनपर्ने उनले बताए। ‘जो साथीहरु लोकसेवा दिएर जागीर खानका लागि आउनुभएको छ हाम्रो सेवा सुविधा उहाँहरुलाई नै दियो भने काममा निरन्तरता बढ्छ,’ उनले भने, ‘हामी जनतालाई सेवा गर्न आएका हौं, जागीर खान आएका होइनौं।’ सेवालाई विकासका काममा लगाउनका लागि उनले अनुरोध गरे।

एक वडाध्यक्षले जनप्रतिनिधहरुलाई ड्रेस र लोगोको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । १६ नम्बरका वडाध्यक्ष रिजालले भने फरक विचार राखे । उनले जनप्रतिनिधिहरूले आफ्नो सेवा–सुविधाभन्दा जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

रिजालले भने, ‘हामी लोकसेवा लडेर जागिर खान आएका होइनौँ । आफ्नो इच्छाले जनताको सेवा गर्न आएका हौँ । त्यसैले हामीलाई कुनै तलब–सुविधा चाहिँदैन । हाम्रो सुविधा काटेर लोकसेवा लडेर आएका कर्मचारीको सुविधा वृद्धि गर्दा राम्रो हुन्छ ।’

उनले जनप्रतिनिधिको तलब–भत्तामा मासिक ५५र६० लाख खर्च हुने उल्लेख गरे । त्यो काटिएको खण्डमा वर्षको ६ करोड रुपैयाँ र पाँच वर्षमा ३० करोड बचत हुने हिसाब उनले सुनाए । यो रकमबाट महत्त्वपूर्ण विकास आयोजना सम्पन्न हुन सक्ने उनको भनाइ छ

रिजालले थपे, ‘हामीलाई लोगो, पोसाक, जुत्ता महानगरबाट चाहिएको छैन । यदि ड्रेस चाहिने हो भने त्यो हामीलाई तोकिदिनुस्, हामी त्यो लुगा आफैँले व्यवस्था गर्न सक्छौँ । महानगरले दिनु पर्दैन । हामी महानगरबाट लिन आएका होइनौँ, जनतालाई दिन आएका हौँ । हामीसँग भएको गाडी, घोडा, मोबाइल सबै फिर्ता लिइदिनुहुन अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published.