चितवनबाटै कस्सिए रवि, प्रचण्डको बढ्यो प्रेसर(भिडियो सहित)

राजनिति

काठमाडौं । जीवनको कठोर समयमा चितवनले मलाई सत्कर्मका लागि बाटो देखायो। फलामे जञ्जिर चिरेर बाहिरको संसारमा पखेंटा फिँजाउन सिकायो मलाई आशा छ— चितवनले एकपटक फेरि मलाई उड्न पखेंटा दिनेछ ।

रित्ता र सुख्खा आँखामा सपनाको मूल भर्ने हाम्रो यो महाअभियानमा चितवन कोसेढुंगा हुनेछ ।, यो स्टाटस हो चर्चित सञ्चारकर्मीबाट राजनीतिमा होमिएका रवि लामिछानेको ।

सुपरिचित सञ्चारकर्मीबाट राजनीतिमा हाइजम्प गरेका रवि लामिछाने कहाँबाट चुनाव लड्लान् भन्ने चर्चा, परिचर्चा र चासो अहिले बढिरहेको छ । टिभी कार्यक्रम चलाएरै लाखौ लाख जनताका लागि वरदान बनेका रवि स्वतन्त्रहरुको लहर चलिरहेका बेला सोच, विचार र दीर्घकालसम्मका योजना बनाएर राजनीतिमा होमिएका छन् । उनले सुविचारित रुपमा पार्टी खोलेको अहिले पुष्टि हुदै गएको छ ।

पार्टी खोलेपछि उनको केही आलोचना भएपनि स्वतन्त्रबाट आसन्न संसदीय चुनावको तयारीमा जुटेकाहरु समेत दलको विकल्प नभएको बताउन थालेका छन् । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने चितवनबाट कस्सिएका छन् । राष्ट्रिय राजनीतिको केन्द्रमा रहने चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला पनि हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती लामिछानेले आफ्नो पार्टीको अभियान चितवनबाटै सुरु गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतै रवि चितवनबाटै प्रचण्डसँग चुनाव लड्ने तयारीमा त जुटेका हैनन् भन्दै सामाजिक सञ्जालमा उत्सुकता व्यक्त भएका छन् । रविले यसो गरे प्रचण्डको प्रेसर बढ्ने भन्दै सञ्जालतिर टिप्पणी भइरहेको छ ।

https://video.fktm1-2.fna.fbcdn.net/v/t42.1790-2/291270909_846381923001997_6180748015108737681_n.mp4?_nc_cat=109&ccb=1-7&_nc_sid=985c63&efg=eyJybHIiOjQ2NCwicmxhIjo1MTIsInZlbmNvZGVfdGFnIjoic3ZlX3NkIn0%3D&_nc_ohc=f-dZbNvhCB8AX-MpyPj&rl=464&vabr=258&_nc_ht=video.fktm1-2.fna&oh=00_AT_l7zxJt6AJkeek3ru_u0Pp1M6T8oCfI_jLiqZAFf11bQ&oe=62C51E10

Leave a Reply

Your email address will not be published.