ठेलामा मकै पोलेर परिवार पाल्ने दम्पत्तीलाई पक्राउ नै गर्नेभयो महानगरले, मेयर बालेन साहले दिए यस्तो निर्देशन !

समाचार

काठमाडौं । काठमााडौँ महानगरपालिकाको बालुवाटार क्षेत्रमा मकै पोलेर गुजारा गर्दै आएका चेतेन्द्र दम्पत्तीको ठेला उठाएको बिषय तत्काल सेलाउने छाँटकाँट देखिएको छैन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १० स्थायी घर भएका चेतेन्द्र आचार्य र सीता आचार्य दम्पत्तीको ठेला काठमाडौँ महानगरपालिले उठाएपछि यसको विरोध र समर्थन त भयो तर पहिला सडकपेटी व्यापारीहरु व्यवस्थापन गरेर मात्र यस्तो गर्नुपर्ने आवाज जबर्जस्त रुपमा उठ्यो ।

व्यवस्थापन नगरी अमानविय हर्कत गरेको भन्दै उक्त घटना सामाजिक संजालमा भाइरल भयो र काठमाडौँ महानगरीय प्रहरी र नगरप्रमुख बालेन शाहको पनि चर्को आलोचना समेत भयो । अहिले फेरि ती दम्पत्तीलाई पक्राउ नै गर्ने तयारीमा काठमाडौँ महानगरपालिका पुगेको छ ।

आचार्य दम्पत्तीले नगर प्रहरीमाथी हातपात गरेको भन्दै उनीमाथी थप कारबाहीका लागी महानगरीय प्रहरीले नेपाल प्रहरीमा लिखित उजुरी नै दिएको खुलासा भएको छ । मकै पोलेर खाने दम्पत्तीले नगरप्रहरीले फुटपाथ व्यवसायीसँग मासिक हप्ता उठाएर खाने खुलासा गरिदिएपछि महानगरपालिका थप कडा भएर निस्किएको छ ।

काठमाडौँ महानगरीय प्रहरी प्रमुख धनपती सापकोटाले आचार्य दम्पत्ती माथी थप कारबाहीको प्रक्रिया अघि बढेको स्विकार गरेका छन् । उनले आफुले मात्रै भन्दा पनि मेयर बालेन शाहकै निर्देशनमा सबै काम भइरहेको दाबी गरेका छन् । नेपाल प्रहरी समक्ष मकै पोल्ने दम्पत्तीलाई थप कारबाहीको लागि पत्र लेखिएको जानकारी पनि उनले दिएका छन् ।

मकै पोल्ने चेतन्द्र आचार्यले पनि आफुलाई पक्राउ पुर्जी जारी भएको भनेर सुनेको बताएका छन् । ओटिभी नेपाल डटकम सँग कुराकानी गर्दै आचार्यले पक्राउ पुर्जी जारी भएको भनेर सुनेपनि अहिले सम्म प्रहरीले केहि नगरेको बताएका छन् । नगर प्रहरी प्रहरी प्रमुख सापकोटाले भने कारबाही गरेरै छोड्ने बताएका छन् । यसमा उनले आफ्नो मात्रै भन्दा पनि मेयर बालेन शाहकै निर्देशन रहेको भनेका छन् ।

मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।

महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकले थप कारवाही गर्न प्रक्रिया सुरु भएको छ । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले पनि स्वीकारेका छन् । ‘सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ, कारबाही नगरेर नमस्कार गर्नु त ?,’ नगर प्रहरी प्रमुख सापकोटाले प्रश्न गरे, ‘आवश्यक कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’

नगर प्रहरी प्रमुख सापकोटाले कारबाही के गर्ने भने नखुलाए पनि यत्तिकै छोड्न नमिल्ने तर्क गरे । जनपथ प्रहरीमार्फत उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाउने महानगर प्रहरीको संकेत छ । फुटपाथमा बेच्नेहरुमाथि दैनिक कारबाही गरिरहेको भन्दै सपकोटाले यस्तो कारबाही निरन्तर भइरहने पनि बताएका छन् । ‘सधैं कारबाही हुन्छ, आज पनि हुन्छ, भोलि पनि हुन्छ । नयाँ कुरा होइन’ उनले भने,’हाम्रो नियमित काम हो, यो ठूलो कुरा होइन ।’नगर प्रहरीको काम नै फुटपाथ, सडक व्यवस्थापन गर्ने भएकोले अन्य टिप्पणी गर्न आवश्यक नरहेको बताए ।

नगर प्रहरीका सब इन्स्पेक्टर (सई) राजन श्रेष्ठमाथि दम्पतीले ५ हजार रुपैयाँ घुस मागेको भनेर लगाएको आरोपबारे महानगरपालिका भने मौन छ । ‘अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारी आफैं छु । सोधपुछपछि स्पष्टिकरण लिएर अनुसन्धानपछि महानगरले आवश्यक परे मात्रै कारबाही गर्छ, मैले अनुसन्धान गरेर महानगरको नेतृत्वलाई बुझाउने हो, बाँकी उहाँहरुले गर्नुहुन्छ,’ सापकोटाले भने ।

Leave a Reply

Your email address will not be published.