विरोधलाई वेवास्ता गर्दै बालेन रफ्तारमा, कहिले भेट्दैछन् केशव स्थापितलाई ? चाले यस्तो कदम !

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावको प्रचार ताका आफू मेयर बने आफ्ना सबै प्रतिस्पर्धीका महत्वपूर्ण प्रतिबद्धता आफूले पूरा गरिदिने बताएका थिए । एक चर्चित टेलिभिजनको सोमा बालेनले आफ्ना सबै प्रतिस्पर्धीकै अगाडी आफू सबैका माग पू्रा गरिदिने त्यही भएर आफू मेयर बन्न उपयुक्त हुने बताएका थिए ।

यसैबीच, बालेनले त्यो प्रतिबद्धता पूरा गर्न जुटेका छन् । बालेनले नेपाली कांग्रेसको तर्फबाट मेयरकी प्रतिस्पर्धी सिर्जना सिंहसँग भेट गरेका छन्। शनिबार बालेन्द्रसँग र सिंहबीच भेटवार्ता भएको हो। गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनीहरु दुईजना एक अर्काका प्रतिस्पर्धी थिए।

सिंह सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार थिइन्। स्वतन्त्रबाट उठेका बालेन्द्र सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्।उनीहरुबीचको भेटमा सिंहले चुनावका क्रममा घोषणापत्रमा ल्याएका योजना पूरा गर्ने प्रतिबद्धता मेयर शाहले गरेका छन्।

सिंहले काठमाडौंका सार्वजनिक क्षेत्रमा निःशुल्क खानेपानी व्यवस्था गर्ने एजेण्डा अघि सारेकी थिइन्। त्यसबारे छलफल गरेर काम गर्ने शाहले प्रतिवद्धता जनाएका छन्। यस्तै अर्का प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका एमालेका केशव स्थापितलाई समेत बालेनले भेट्ने स्रोतले बताएको छ । बालेन निकट स्रोतका अनुसार बालेनले चाडै स्थापितलाई समेत भेटेर उनका चुनावी प्रतिबद्धतामा भएका महत्वपूर्ण कुरा पूरा गर्ने वाचा गर्ने बताइएको छ ।

बालेन्द्रले ६१ हजार ७ सय ६७ मत ल्याएर विजयी हुँदा सिर्जनाले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेर दोस्रो भएकी थिइन्। त्यस्तै, काठमाडौं महानगरपालिकाले र्यापर स्व। अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन बजेट विनियोजन गरेपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ।

चर्को आलोचना हुन थालेपछि काठमाडौंका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका छन्।आलोचना खेप्न नसकेका मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेपनि महानगरले भने औपचारिक रुपमा केही बोलेको छैन।

यमबुद्धको सालिक निर्माण गर्न १४ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । अब यमबुद्धको सालिक बनाउन तीन वर्ष धेरै लाग्ने भएको छ । शाहले सालिक बनाउन तीन वर्षसम्म आफ्नो तलव दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published.