गोकुल बास्कोटाले अगाडी बढाएको यस्तो प्रस्तावमा ९० प्रतिशत नेपालीको समर्थन !

राजनिति समाचार

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा कुनै पनि बिषयमा स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । केपी शर्मा ओली नेतृत्वको तत्कालिन नेकपा सरकारको सञ्चारमन्त्री भएका बेला ७० करोड घुसकाण्डमा मुछिएपछि उनी आलोचित हुदै आएका छन् । त्यही एउटै ट्याग गोकुलमाथि जनताहरुले अहिले पनि लगाउदै आएका छन् ।

तर पछिल्ला केही दिनमा गोकुलले अगाडी बढाएको एउटा प्रस्तावमा ९० प्रतिशत नेपालीको समर्थन रहेको पाईएको छ । सामाजिक सञ्जालको मापनलाई आधार मान्ने हो भने गोकुलको प्रस्तावमा ९० प्रतिशत बढीले समर्थन जनाएका छन् । पछिल्लो समय संघीयताकै कारण नेपालको अर्थतन्त्र धरापमा परेको छ भने यसको औचित्यमाथि नै प्रश्न उठेको छ ।

यसैबीच, नेता बास्कोटाले नेपालमा संघीय व्यवस्था आवश्यक नरहेको दाबी दोहोर्याएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बाबुको नाममा ट्रस्ट खोलेर करोडभन्दा रकम छुट्याएको घटनाले पनि प्रादेशिक संरचना आवश्यक नरहेको प्रमाणित गरेको जिकिर एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले गरेका हुन्।

बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘र, फेरि पनि भन्छु– यो प्रदेश संरचना त गण्डकी प्रदेश सरकारको बजेटमा राखिएका मन्त्रीका मातापिता ट्रस्टले पनि प्रमाणित गरिसक्यो कि आवश्यक छैन।’

नेकपा एमालेका प्रभावशाली नेता तथा पुर्व मन्त्री समेत रहेका बास्कोटाले प्रदेश सरकारको कुनै औचित्य नभएको बताएका छन् । एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुलुकमा क्राइसिसको अवस्था सिर्जना हुँदै गइरहेको छ। १२ वटा ,१४ वटा मन्त्रालय बनाइएको छ । त्यो मन्त्रालयको कुनै काम छैन ।त्यो भन्दा बलियो स्थानीय तह छ।, उनले भनेका छन् ।

‘एउटा प्रक्रियामा देश चल्ने भएकाले प्रदेशमा हामी उम्मेद्बारी दिन्छौं र मत पनि माग्छौ। तर यो अरुले बोकाइदिएको हो। अहिले कम्युनिस्टहरुको माथि खुट्टा चढाएर काङ्ग्रेस बसेको छ र केहिले मालिस गर्दिरहेका छन् । त्यसैगरी यो प्रदेश संरचना पनि कोसैले बोकाइदिएको हो खारेज गर्नुपर्छ।हाम्रो क्षमताले भ्याएको खण्डमा बैज्ञानिक समाजवादमै जाने हो ,प्रदेश खारेज नै गर्ने हो।, उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published.