राजनीतिक वृत नै तरंगित हुनेगरी सुर्य थापाले एकाबिहानै बजाए ‘खतराको घण्टी’

राजनिति

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले एकाबिहानै लेखेको स्टाटसले तरंग पैदा गरेको छ । खतराको घण्टी भन्दै थापाले नेपालपनि श्रीलंका पथमा अगाडी बढेको प्रति चिन्ता र सचेतना व्यक्त गरेका हुन् ।

श्रीलंका र भारतमा परिवारवादले पतन गराएको उदाहरण ढुंगाको अक्षरमा लेखिएको छ भन्दै भारतमा काङ्ग्रेस आईको हालत उठ्नै नसक्ने गरी यही कारणले भासिएको धेरै भयो भनेका छन् । थापाले आइतवार बिहानै सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उक्तकुरा बताए ।

हेर्नुस थापाको स्टाटसः— खतराको घण्टी, परिवारवादले पतन गराएको उदाहरण ढुंगाको अक्षरमा लेखिएको छ( श्रीलंकामा१ छिमेकी भारतमा काङ्ग्रेस आईको हालत उठ्नै नसक्ने गरी यही कारणले भासिएको धेरै भयो।

यहाँ अचेल नारायणकाजी श्रेष्ठले जस्तो नकारात्मक पर्सेप्सन बनाउने देशघाती कुरा गर्ने तरिकालाई त म उचित ठान्दिनँ। तर दाहालको परिवारवाद र परिवारतन्त्र(राज्य र पार्टीका नेतृत्व तहमा भाइ, छोरी, ज्वाइँ, बुहारीलाई प्राथमिकता), देउवाको पत्नी र पुत्रमोह(कमिशन र व्यापारमा संरक्षण), माधव नेपालको आफन्त(सम्धी,भाइ, बहिनी र ज्वाईं०मोह हुँदै मोहनविक्रम सिंहको (पत्नी)मोह समेत छर्लङ्ग भएकै छ।

यस्ता मति र व्यवहार पटक्कै ठीक छैनन्। जनतामा असन्तुष्टिको आगो फुक्ने कार्य यिनै केही स्वघोषित अगुवाहरूले गरिरहेको तथ्य स्पष्ट छ।गण्डकीका मुख्यमन्त्री र मन्त्रीले राज्यको बजेटबाट गरेको पितृश्राद्द मात्र होइन, राष्ट्रिय जनमोर्चाकी सांसद पियारीको संरक्षकत्वमा उनका पति अध्यक्ष रहेको संस्थालाई दिइएको करोडौं रकम (खासमा एमाले नेतृत्वको प्रदेश सरकार ढाल्न खेलेको भूमिकाको लागि गरेको नगदनारायणको प्रबन्ध) ले लुटतन्त्रको झाँकीझलक देखाइसकेको छ।

हरेक व्यक्तिका यस्ता स्वार्थी रवैया जनताको निगरानीबाट टाढा छैनन् यस्तै तरिका र व्यवहारले व्यक्ति र प्रणालीलाई पतनको बाटोमा पुर्याउने खतरा स्पष्ट देखिन्छ। यहाँ ढाकछोप र स्तुतिको तौरतरिका बन्द गरेर सम्बन्धितहरूले सच्चिने इमानदार कोशिस गर्नुपर्ने खाँचो अपरिहार्य छ।

Leave a Reply

Your email address will not be published.