मेयर बालेन साह एकाएक झरे सर्वोच्च अदालत, गरे यस्तो तयारी

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेन साह एकाएक सर्वोच्च अदालत झरेका छन् । बालेन काठमाडौं महानगरपालिका कार्यालयबाट सोमबार दिउँसो रामशाहपथस्थित सर्वोच्च अदालत झरेका हुन्।

बागमती सरसफाइ सम्बन्धी मुद्धामा जवाफ दिनका लागि उनी सर्वोच्च गएका हुन्। अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौं महानगरलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबार न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजालसमा सुनुवाई भइरहेको छ।

सोही सुनुवाइका क्रममा उठेका प्रश्नको जवाफका लागि बालेन्द्र अदालत गएका हुन्। यसैबीच, यता प्रतिनिधिसभाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतले पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकले सो विधेयक पारित गरेको हो । उक्त विधेयकले काठमाडौं उपत्यका (काठमाडौं ललितपुर र भक्तपुर)को सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने र यसको जिम्मेवारी नेपाल प्रहरीमा रहने व्यवस्था गरेको छ । तर, नेपाल प्रहरीले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने भनिएको छ ।

सरकारले ल्याएको विधेयकमा सुरुमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने व्यवस्था थियो । यसमा प्रतिनिधिसभाले ‘…कार्य सम्पादन गर्दा नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ’ भन्ने वाक्यांश थपिएको छ ।

Leave a Reply

Your email address will not be published.