बिश्वोकै महँगो माछा जसको मुल्य छ ५ करोड , अहिलेसम्म धेरै गए जेल, के छ यो माछाको रहस्य ?

राेचक

माछा मांसाहारी खानेहरूका लागि मनपर्ने परिकार हो । तपाईले पनि बजारमा माछा बिक्री भएको देख्नु भएको होला । जति धेरै मानिसहरू माछा मन पराउँछन्, त्यसको मूल्य पनि उति नै बढ्छ । बजारमा २–३ हजार किलोसम्मको माछा पनि पाइन्छ । तर आज हामी तपाईलाई त्यो माछाको मूल्य थाहा पाउँदा छक्क पर्नुहुनेछ, जसको बारेमा हामी तपाईलाई बताउन गइरहेका छौँ । यो माछा यति मुल्यवान छ कि यसको सुरक्षाका लागि सुरक्षागार्ड समेत राखिएको छ ।

माछा धेरैलाई प्यारो लाग्न सक्छ, तर मानिसले त्यसको लागि झण्डै ५ करोड खर्च गर्न सक्दैनन् । हो, हामी तपाईलाई जुन माछाको बारेमा बताउन गइरहेका छौँ, त्यसको मूल्य पनि उस्तै छ । ड्रागनफिस वा एसियाली अरोवाना भनेर चिनिने यो माछालाई संसारकै सबैभन्दा महँगो माछा मानिन्छ । जानकारी अनुसार चीनमा यो माछाको यति धेरै माग छ कि मानिसहरू यसलाई किन्न करोडौं मूल्य तिर्न तयार छन् । यो माछाका कारण धेरै व्यक्तिहरु जेल पनि जानु परेको छ ।

बहुमूल्य हीराजस्तै महत्वपूर्ण रहेको यो रातो रंगको माछाको सुरक्षाका लागि मानिसहरुले घरमा गार्ड राख्छन् । यो माछाको इतिहास पनि निकै रक्तपातपूर्ण रहेको छ । यो निर्दोष र धेरै प्यारो देखिने माछाका लागि १९औँ र २०औँ शताब्दीमा मानिसहरूले एकअर्कालाई सिध्याएको इतिहास पनि छ । सन् २००९ मा यो ड्र्यागन माछा एक माछा व्यापारीले ३ लाख डलरमा बेचेका थिए ।

तर, यो माछा बेच्नु र किन्नु अपराध हो । एसियालगायत विश्वका धेरै देशमा यो माछा बिक्रीमा प्रतिबन्ध छ । अमेरिकामा पनि यो माछा सामान्य रुपमा किन्न नसकिने तर यसका लागि कालोबजारमा जानुपर्छ । सोही कारणले गर्दा यो माछाका लागि धेरै मानिस जेल परेका छन् ।

यो पनि, वीरगञ्जको मिना बजार कम्प्लेक्स तरकारी तथा फलफुल बजार हो । त्यहाँ माछा पनि बिक्री हुने गरेको छ । तर त्यो पर्याप्त छैन । वीरगञ्जका केहि पुराना माछा व्यापारीहरुले मुर्ली क्षेत्रमा माछा बिक्री गर्दै आएका छन् ।

माछा काटेर बिक्री गर्दा कत्ला निकाल्ने गरिन्छ भने रगत पनि निस्केको हुन्छ । जसले गर्दा माछा बिक्री गर्ने स्थल दर्गन्धित हुने गरेको छ । अझ मुख्य सडकमै माछा बिक्री हुँदा वीरगञ्ज झनै दुर्गन्धित हुने गरेको थियो ।महानगरले तत्काल बजार लगाउन भनेको निजी जमिनमा यसअघि पनि माछा बजार लागेको थियो । बजार मुख्य सडक भन्दा भित्र पर्ने भएकोले ग्राहक नआउने गरेको गुनासो माछा व्यापारीहरुको छ । माछा व्यापारी असलम राइन नीजि जमिनमा माछा बिक्री नहुने समस्या रहेको बताउँछन् ।

‘निजी जग्गामा सधैं लफडा हुन्छ । ग्राहक नआइदिने हुँदा माछा बिक्री पनि हुँदैन’, उनले भने, ‘सडकमा राख्दा मोटरसाइकलबाटै किनेर लैजान्छन् । दुई चार पैसा कमाइ हुन्छ, बाल बच्चा खान्छन् । स्कुल जान्छन् । ’ सडकमा बिक्री हुने माछा मात्र हैन महानगरले तरकारी र फलफुलको पसल सञ्चालनमा पनि रोक लगाउनुपर्ने माग उनीहरुको छ । ‘ठेलामा अन्य समान सडकमै बेच्न दिने तर माछा बेच्न नदिने ?’, एक माछा व्यापारीले भने ।

अर्कोतिर महानगरले बजार लगाउन भनेको जमिनको भाडा पनि महँगो छ । दुई मिटर जमिनको मासिक दुई हजार तिर्नुपर्छ । माछा व्यापारीहरुले मुख्य सडकमा माछा बिक्री गरे पनि जमिनको भाडा भने तिर्दै आएका रहेछन् ।लकडाउनको पैसा समेत मागेर लिएको उनीहरुको दावी छ ।

Leave a Reply

Your email address will not be published.