अस्ट्रेलिया नेपालीलाई जस्तो गाह्रो भएपनि सहयोग गर्ने दिदि, जुनसुकै समयमा जेसुकै गर्न तयार

समाचार

काठमाडौं । नेपालीलाई अप्ठ्यारो पर्यो भने धेरैले सम्झिने नाम हो पुनम पन्त । तास्मानिया बस्ने पुनम पन्तलाई धेरैले राष्ट्रिय दिदि भन्छन् ।

उहाँलाई अधिकांशले दिदि उपनामले बोलाउँछन् । नेपालीलाई दुःख पर्यो भने दिनरात नभनी काम छोडेर भएपनि दिदि सहयोग गर्न पुग्नुहुन्छ ।

२६ बर्ष अघि अस्ट्रेलिया पुग्नुभएकी दिदिको नेपालीलाई सहयोग गर्ने उर्जा देख्दा स्वदेश, विदेशमा रहेका हरेक नेपालीले सल्यूट गर्नैपर्ने हुन्छ ।

नेपालबाट उहाँका अभिभावक धेरै पहिले नै बेलायत जानुभएको थियो । पुन पन्त भने २६ बर्ष अघि बेलायतबाट अस्ट्रेलिया सर्नुभएको हो ।

उहाँ भन्नुहुन्छ एउटा यस्तो उमेरमा युके पुगेकी मैले नेपालीलाई कहिलै भूल्नै सकिन, माया नगर्न कहिलै सकिन । नेपाली भन्ने वित्तिकै एकदम नै माया लागेर आउँने उहाँ शब्द र भावना व्यक्त गर्नुहुन्छ ।

जे सहयोग गर्नु परेपनि नेपालीलाई नै गर्नुपर्छ है भन्ने मेरो मनमा जागिहाल्छ पुनम भन्नुहुन्छ । धेरै मानिसहरुलाई आर्थिक मात्र हैन । हामी छौ है, भनिदिने मानिसपनि चाहिने रहेछ ।

हामी अस्ट्रेलिया आउँदा भन्दा अहिले आउँनेहरुको उमेर एकदम नै किशोर, युवा छ । विमानस्थलमा आइपुग्नेवित्तिकै उनीहरुलाई मेरो पीआर कसरी बनाउँने भन्ने मात्र चिन्ता भएको देखियो ।

नेपालमा अभिभावकलाईपनि त्यो हुने रहेछ की अस्ट्रेलिया जान्छन् पीआर पाउँछन् । पैसा पठाउँछन् भन्ने हुने रहेछ पुनम भन्नुहुन्छ । यसले गर्दा मानसिक र पारिवारीक समस्याहरु आउँने गरेको देखे । धेरैले आउँने वित्तिकै काम पाउँनुहुन्न । उहाँको शून्यबाट संघर्ष सुरु भएको हुन्छ ।

त्यसमा साथ दिन हामी तयार भएर नै दिदिको उपनाम पाएको होला पुनम भन्नुहुन्छ । उहाँले नेपालीलाई सहयोग गर्न आफ्नो श्रीमानबाटपनि साथ पाएको बताउँनुहुन्छ । जो जहाँबाट आएपनि नेपाली भन्ने थाहा पाएपछि सहयोग गर्न आफै आत्तुर हुने उहाँको भनाई छ । उहाँ नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.