८ वर्षीय दाइले दुई वर्षीय भाइको शव बोकेर गाडी पर्खिरहेको तस्वीरले स्तव्ध बनायो

समाचार

काठमाडौं । ८ वर्षीय बालक जसले भाइको शव बोकेर सडकमा गाडी पर्खिरहेको एक स्वीर बाहिर आएको छ ।यो तस्वीर सामाजिक सञ्जालमा देखिएपछि मानिसहरु स्तव्ध बनिरहेका छन् ।यो तस्वीर सेयर गर्दै मानिसहरुले विश्वमा मानवता संकटमा परिरहेको हो की भन्ने आशंका गरेका छन् । यो दुखद घटना हो भारत मध्य प्रदेशको मोरेनाको ।

मोरेनाको एक गाउँका आठ वर्षीय बालक गुलशन र उनका दुई वर्षीय मृत भाइले धेरैलाई साच्चै रुवाएका छन् ।दुई वर्षीय बालकको अस्पतालमा निधन भएपछि उनका बुवा पूजाराम जाटवले छोरालाई अस्पतालबाट गाउँ लैजान गाडीको कुरा गर्दा अस्पतालका कर्मचारीले मान्दैनन्। यता उता खोजी गरिदिने कोही भएनन् ।

कसैको साहारा नपाएपछि गाडी बाहिरबाट नै मिलाउन बाबुले भाईको शव ८ बर्षीय दाजुको काखमा हालिलिए र गाडी खोज्न निस्किए ।

अस्पतालले कुनैपनि सवारी साधन नभएकाले बाहिरबाटै मिलाउन सकिने अस्पतालले निर्देशन दिन्छ ।

सोही बेला एम्बुलेन्ससँग कुरा गर्दा एम्बुलेन्सले १५ सय रुपैयाँ माग्छ तर कम पैसामा घरसम्म जान नमानेपछि र ती बुवाले आफ्नो कान्छो छोराको शव आफ्नो आठ वर्षीय जेठा छोरा गुलशनको काखमा थामाएर नेहरु पार्कमा सस्तो गाडी खोज्न निस्किए ।

त्यो बेला ८ वर्षीय बालक जसले भाइको शव बोकेको तस्वीर र भिडियो कसैले खिचिदिएर सामाजिक सञ्जालमा हालिदियो । अहिले यो तस्वीर भाइरल बनेको हो ।यो घटनाको भिडियो भाइरल भएपछि राज्यको विपक्षी दल कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीमाथि आलोचना गरेको छ। केही मनकारीहरुले सहयोगका लागि खोजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.