नेपालको राजनीति आभारा बन्यो भन्दै प्रेम बानिया पनि फरक तरिकाले ओर्लिए मैदानमा

समाचार

काठमाडौं । नेपालको राजनीति आभारा बनेको भन्दै सञ्चारकर्मी प्रेम बानिया मैदानमा उत्रने भएका छन् । उनले अब विश्वभर रहेका नेपालीहरुलाई खबरदारी र चुप लागेर नबस्न आह्वान गरेका हुन् । जय स्वाभिमान टेलिभिजन कार्यक्रम चलाएर एक समय चर्चित बनेका संचारकर्मी प्रेम बानियाले संघियताप्रति वितृष्ण पोखेका छन् । हाल अमेरिका रहेका उनले भयंकर महंगो वस्त्रमा नेपालमा संघीयता नाँचेको पनि देखियो भन्दै असन्तुष्टि पोखेका हुन् । मुलुकमा विकृति विसंगति र भ्रष्टाचार बढिरहेको सन्दर्भमा अब कुनै नेपालीले सहेर बस्न नहुने उल्लेख गर्दै जागरुक हुन नेपाली जनतालाई अपिल गरेका छन् ।

उनले अब जय स्वाभिमान अभियानलाई विश्वभरबाट अझै शशक्त ढंगबाट अगाडी बढाउने भन्दै लेख्छन् ‘संसारभर छरिएर रहनुभएका प्रिय साथीहरु, भयंकर महंगो वस्त्रमा नेपालमा संघीयता नाँचेको पनि देखियो १ समृद्धि यात्राको मूलजिम्मेवारीमा लज्जास्पद प्रदर्शनहरुसँगै एकपछि अर्को सरकारले हामी जनतालाई बिरालोले मुसा खेलाएुसरी खेलाईरहेको पनि देखियो ।

व्यवस्था बदल्ने नाममा हाम्रा हजुरबाउदेखिका जीवनहरु कत्लेआम भए । अब हाम्रो पुस्ताको आधा जीवन पनि यसै भड्खालोमा गयो । एउटा सानो अनुमान गर्नुस् त, तीन करोड चानचुन जनसंख्याको झण्डैझण्डै एक तिहाई अर्थात् करिब एक करोड जनता (भारतमा समेत) गरी बेचेको छ देशले ।

देशका खेतबारीहरु कि त बाँझै छन्, कि त प्लटिङङमा परेका छन् । हरवस्तु आयात गरेर बाँच्नुपरेको छ, अर्बौं रुपियाँ विदेशिएको छ । स्वदेशी उद्योग कलकारखाना समेत कत्लेआम नै गरियो । कुनै पनि देशको जीवनमा यो असाध्यै पीडा र चरम जलनको अवस्था होइनरु अब चुपचाप नबसौं, जहाँजहाँ हुनुहुन्छ, त्यहीँबाट बोल्न थालौं ।

अब आफू त परदेशमा परियो भनेर तपाईंको आवाज देशमा नसुनिने समय रहेन । त्यसैले हामीले आजभन्दा १२ वर्षअघि सुरु गरेको स्वाभिमान अभियानलाई एक पटक नयाँ क्षितिजमा लिएर जाने कोसिस गर्दैछौं ।

संसारका विभिन्न देशमा रहेका हाम्रा समूहका साथीहरुले जागरुकता बढाउने समय आएको छ र कतिपय देशमा नयाँ समूह वा टिमहरु बनाउने क्रममा छौं हामी । सबै कर्महरुको तात्पर्य स्वाभिमान नेपालको एक मात्र गन्तब्यमा हामी एकलब्य छौं । र, सबै साथीहरुलाई एक विशेष तयारीसाथ स्वाभिमान विश्व सम्मेलनका लागि आह्वान गरिरहेका छौं । थप सूचनाहरु क्रमश । जय स्वाभिमान ।’ नेपालमा जय स्वाभिमानको नारा लगाएर उनी विदेश हानिएपछि उनको खुबै आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published.