पितपत्रकारिताको आडमा झुटो समाचार बनाएकोमा हाम्रो गम्भीर आपत्ति : रुटिन अफ नेपाल बन्द

समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पल्लिो समय निरन्तर विवादमा पर्दै आउनु भएको छ ।उहाँ स्वर्गीय र्यापर अनिल अधिकारी (यम बुद्द) को सालिक निर्माण गर्ने निर्णय गरेपछि थप विवादमा पर्नुभएको थियो ।

चर्को आलोचनापछि सालिक आफ्नै तलबबाट बनाउने निर्णय गरे पनि आलोचना कम भने भएको छैन् । त्यसअघि सडकमा मकै बेच्ने महिलामाथि गरेको व्यवहारका कारण पनि उहाँको आलोचना भएको थियो ।अहिले फेरि उहाँ विवादमा पर्नुभएको छ । यो बीचमा अहिले अर्को एक निर्णयका कारण उहाँ विवादमा पर्नुभएको हो ।

काठमाडौँ महानगरले ‘ई–स्पोर्ट’ को नाममा आफूलाई चुनावमा सघाएको चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुग्ने गरी एक करोड बजेट विनियोजन गरेको हल्लापछि तनाव सुरु भएको छ ।

‘हिमालयन टेलिभिजन’ ले रुटिन अफ नेपाल बन्दकै लागि भनेर बालेनले एक करोड रुपैयाँ छुट्टाएको दाबीसहित भिडियो सामाग्री प्रसारण गरेपछि स्वंयम उक्त मिडियाको प्रतिकृया पनि आएको छ ।

असार २९ मा जारी गरिएको एक निवेदनमा भनिएको छ, ‘मिडियाको दुरुपयोगः ‘हिमालय टिभी’ भन्ने संस्थाले हाम्रो (‘रुटिन अफ नेपाल बन्द’ को) नाम लिएर प्रसारण गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा हामी एक मात्र ई–स्पोर्ट कम्पनी भन्ने दाबी गरेर काठमाडौं महानगरले हाम्रो लागि १ करोड बजेट छुट्याएको भनिएको छ । सर्वप्रथम, रुटिन अफ नेपाल बन्द कुनै ई–स्पोर्ट कम्पनी होईन्, यो संस्था कार्यक्रम आयोजना गर्ने कम्पनी पनि होईन् ।हाम्रो संस्था प्रेस काउन्सिलमा दर्ता भएको मिडिया हो । तथ्यका आधारमा भन्ने हो भने नेपालमा ई–स्पोर्ट खेलाउने, खेल्ने प्रयोजनका लागि दर्ता भएका कम्पनी धेरै छन् ।

समाचारमा भनिए जस्तो ई–स्पोर्ट समूहमा पब्जी मात्रै पर्ने पनि होईन् । बिना अनुसन्धान कुनै व्यक्ति/कम्पनीको नाम लिएर झुटो आधारमा समाचार बनाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यस्तो कार्यप्रति हाम्रो संस्था खेद प्रकट गर्दछ ।’

अगाडि थप्दै भनिएको छ, ‘साथै, हामी सो समाचार, समाचार निर्माता तथा प्रसारण गर्ने कार्यक्रम र संस्थाका विरुद्ध मानहानी र प्रेस काउन्सिलमा झुटो समाचार सम्प्रेषण गरेको बारे उजुरी दर्ता गर्नेछौँ ।र, पितपत्रकारिताको आडमा कसैप्रति लक्षित अनर्गल प्रचार गर्दै आफ्नो कुण्ठा गर्ने दुष्कर्मबाट सम्पूर्ण मिडिया क्षेत्रलार्ई बद्नाम नगर्न, नगराउन यहि निवेदनमार्फत सचेत गराउन चाहान्छौँ ।’

Leave a Reply

Your email address will not be published.