अभिनेत्रीलाई हरेक महिना २५ लाख लिएर भाडाको श्रीमती बन्न व्यपारीको दवाव, आँसु झार्दै सुनाइन् !

मनोरंजन

काठमाडौं । ‘मलाई एक व्यापारीले तलब लिएर श्रीमती बन्न प्रस्ताव गरेको थियो ।’ यो बयान कुनै मजाकको विषय होईन् ।एक अभिनेत्रीले आफूलाई यस्तो प्रस्ताव आएको कुरा बताइन् । यसको खुलासा बलिउड अभिनेत्री नितु चन्द्राले गरेकी हुन् ।

गरम मसाला, सिंघम ३ र ट्राफिक सिग्नलजस्ता चर्चित फिल्ममा काम गरिसकेकी अभिनेत्री नितु चन्द्राले एक अन्तर्वार्ताका क्रममा सबैलाई चकित पार्ने सत्य बताइन् ।

अभिनेत्रीले भनिन्, ‘एक ठूला व्यापारीले २५ लाख ( ४० लाख नेरु ) तलबमा श्रीमती बन्ने अफर गरे । मैले १३ राष्ट्रिय अवार्ड विजेतासँग फिल्म गरे पनि न काम पाउँछु न पैसा ।’

नीतु चन्द्राले सञ्चारकर्मीसँगको कुराकानीमा भनिन्, ‘मेरो कथालाई सफल अभिनेत्रीको असफलताको कथा भन्न सकिन्छ । सोच्नुहोस् मैले १३ पुरस्कार विजेता कलाकारहरूसँग काम गरेको छु । ठूला चलचित्र गरे ।

तर आज मसँग कुनै काम छैन । म चिन्तित थिएँ, यति धेरै काम गरेर पनि यो उद्योगले मलाई नचाहेको महसुस भइरहेको छ ।’ नीतु भन्छिन्, ‘म पनि कास्टिङ काउचको सिकार भएकी छु । हो, कास्टिङ डाइरेक्टर ( निर्देशक ) थिए, म नाम बताउँदिन्, उनी निकै चर्चित छन् ।

अडिसन लिएको एक घण्टापछि मात्र उनले भने–माफ गर्नुहोस् नीतु, यस्तो हुने छैन । त्यसको जवाफमा मैले भने–मतलब तपाईंले मलाई अस्वीकार गर्न मेरो अडिसन लिइरहनुभएको थियो, ताकि तपाईं मेरो विश्वास तोड्न सक्नुहुन्छ ।’

नीतु चन्द्राले सन् २००५ मा अक्षय कुमार र जोन अब्राहमको फिल्म ‘गरम मसाला’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसबाहेक उनले ‘ट्राफिक सिग्नल’, ‘१३बी’, ‘ओय लक्की ! लक्की ओए !!’

जस्ता चलचित्रमा पनि काम गरिसकेका छिन् । नीतु चन्द्राको आफ्नै निर्माण कम्पनी ‘चम्पारण टकीज’ पनि छ, जसअन्तर्गत उनले ‘देसवा’ र ‘मिथिला माखन’ जस्ता दुई फिल्म पनि निर्माण गरिसकेकी छिन् ।

नीतु चन्द्राले आफ्ना दुई फिल्मका लागि पुरस्कार पनि पाएकी छिन् । अभिनेत्रीले हालै फिल्म ‘नेभर ब्याक डाउनः रिभोल्ट’ बाट हलिउडमा समेत डेब्यु गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published.