ब्लगमा लेखेर २५ बर्षीय सतीशले कमाए करोडौं रकम, बनाएर आलिशान घर

समाचार

काठमाडौं । साना सहर वा गाउँबाट आएकाहरु ठूला सपना देख्ने हिम्मत गर्दैनन् । सफलताको उचाइ हेर्दा चन्द्रमाभन्दा टाढा भएजस्तो लाग्छ ।

तर त्यस्ता मान्छेहरुले भारत, बिहारका विकास कुमारबाट केही पाठ सिक्नुपर्छ । जसले ठूला सपना मात्र देखेनन्, आज पूरा पनि गरिरहेका छन् ।

युट्युबर सतीश कुशवाहाले आफ्नो जीवनकथा साझा गर्दै आफू २५ वर्षको उमेरअघि नै करोडपति बन्नुको रहस्य बताएका छन् ।

एप डेभलपमेन्ट गर्नुका साथै केही ब्लगमा पनि काम गरिरहेका छन् । बीटेक गरेपछि आजसम्म कुनै काम नगरेको र भविष्यमा पनि जागिर गर्ने मन नभएको उनी बताउँछन् ।

डिजिटल मार्केटिङमा पनि हात हालेका विकासले आफ्नो पारिवारिक अवस्था त्यति राम्रो नभए पनि ब्लगिङ गरेर पैसा कमाएको बताए । उनले ब्लगिङका कारण गाउँमा आलिशान घर बनाएका छन् ।

उनले बीटेक तेस्रो सेमेस्टरबाटै पैसा कमाउन थालेका थिए । त्यस क्रममा उनले लेख लेखेर आफ्नो खर्च जुटाउने गर्थे । बुबाले ऋण लिएर प्रारम्भिक पढाइ गराएको स्मरण गर्दै थप पढाइका लागि शैक्षिक ऋण लिएको विकास बताउँछन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उनलाई बीटेक गर्दा छिट्टै पैसा कमाउनुपर्छ भन्ने लाग्थ्यो ।

विकासले सुरुमा आफू अनलाईन आम्दानीमा भर नपरेको स्वीकार गर्छन् । तर कलेज छोडेको दुई महिनापछि उनको कलेज छाड्ने साथीले गुगल एडसेन्सबाट कमाएको ४ हजार डलरको स्क्रिनसट फेसबुकमा सेयर गरेपछि विकास पनि त्यसबाट प्रेरित भएका रहेछन् । उनले २०१४ मा ब्लगिङ सुरु गरेका थिए ।

जब उनलाई सुरुमा पैसा चाहिएको थियो, उनले एक इभेन्ट (कार्यक्रम) ब्लगको साथ सुरु गरे । विकासका अनुसार जब उनले इभेन्ट ब्लगिङ सुरु गरे, त्यतिबेला त्यस फिल्डमा खासै प्रतिस्पर्धा थिएन ।

तर अहिले प्रतिस्पर्धा बढेको छ । त्यसपछि उनले माइक्रो निश ब्लग सुरु गरे । त्यहाँबाट उनले राम्रै कमाउन थाले, कमाई हुन थालेपछि अब उनले जागिर नगर्ने निर्णय गरेँ । विकासले आफ्नो ब्लग डिसेम्बर २०१८ मा २ करोड ६० लाख भन्दा धेरैमा बेचेका थिए ।

माइक्रो निश ब्लगले एक विशिष्ट विषयलाई कभर गर्दछ, मानिसहरूको नजिकको समूहलाई लक्षित गर्दछ । यो सामान्य ब्लगहरू भन्दा पूर्ण रूपमा फरक छ । यी ब्लगहरू सामान्यतया साना हुन्छन्, र सीमित सामग्री समेटिएका हुन्छन् । तपाईं सजिलै संग गुगल मा एक माइक्रो निश ब्लगलाई वेबसाइट र्याङ्क गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published.