आकाश श्रेष्ठको मात्र नारा लगाएको भन्दै पुजाले दर्शकलाई थर्काइन

मनोरंजन

फिल्म ‘पोई पर्यो काले’ रिलिजको समयमा हलमा पुगेका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले जुन खालको आनन्दको महशुश गरेका थिए, त्यो महशुश शनिबार फिल्म ‘संझना विर्सना’को लागि हल पुग्दा गर्न पाएनन् ।

शनिबार काठमाडौंको अष्टनारायण हलमा दर्शकको उपस्थिती राम्रो थियो । फिल्म हेरेका अधिकांश दर्शकले यसको कथावस्तुलाई रुचाए । फिल्म हेरेर निस्किएका दर्शकको प्रतिक्रियाले पूजा र आकाश खुशी देखिए ।

नायक आकाश श्रेष्ठले सबैबाट फिल्मको सकारात्मक प्रतिक्रिया आएको भन्दै हलमा गएर एकपटक फिल्म हेरिदिन आग्रह गरे ।

तर, यसो भन्दै गर्दा आकाश र पूजाको मनमा छटपटी भने थियो । किनकी, उनीहरुका फ्यान विभाजित देखिए । आकाशलाई हलको एउटा कुनामा राखेर फ्यानले नारा लगाए । अर्को कुनामा पूजाका फ्यानले नारा लगाए । आकाशका फ्यानले आकाशको नाम लिदै नारा लगाउँदा पूजाका फ्यान पनि पूजाको नाम लिदै नारा लगाइहाल्थे । यो क्रम पूजा र आकाश हलमा रहुन्जेलसम्म देखियो ।

फ्यान विभाजनको असर फिल्मको ओपनिङमा देखिएको हो भन्ने प्रश्नमा यी दुबैले स्पष्ट उत्तर दिन सकेनन् । फिल्म चल्नु अगाडि आकाशले दिएको एकल अन्तरवार्ताको असर पनि फिल्मको व्यापारमा परेको देखियो ।

तर, फिल्मको वर्ड अफ माउथ सुखद छ । जसकाकारण, फिल्मलाई आगामी दिनमा दर्शकले मन पराउने अपेक्षा निर्माणपक्षको छ । निमेष प्रधानको निर्देशनमा तयार भएको फिल्मले जिन्दगीको गोरेटोमा आउने संझना र विर्सनाका क्षणहरुलाई प्रस्तुत गरेको छ । दर्शकबाट पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको पूजा र आकाशले बताए ।

Leave a Reply

Your email address will not be published.