अति मिल्ने साथी अभिनेत्री सारा र जान्हवीले दाजुभाईसँग नै डेट गरेको खुलासाले तरंग

मनोरंजन

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान र जान्हवी कपूर हालै कफी विथ करण ७ को दोस्रो एपिसोडमा एकसाथ आएका थिए ।

जान्हवी र सारा सबैभन्दा मिल्ने साथी पनि हुन्, दुवैले सँगै धेरै यात्रा गरेका छन् । शोमा दुवै अभिनेत्रीले आफ्नो जीवनका धेरै खुलासा गरेका छन् ।

करण जोहरले एक यस्तो खुलासा गरेका छन्, जुन सुनेर सबै फ्यानहरु छक्क परेका छन् । शोमा करणले दुवै अभिनेत्रीले २ भाइलाई डेट गरेको बताए ।

करणले भने, ‘कोभिड अघिको कुरा हो, आज तिम्रो मित्रता कुन तहमा छ मलाई थाहा छैन, तर तिमी दुवैले २ भाइलाई डेट गरेका छौ, यसको मतलब विगतमा । ती दुई केटाहरू मेरो आफ्नै भवनमा बस्ने भएकाले हामी तीनैजनाबीच यो जानकारी थियो ।

करणको यो खुलासापछि सबैजना ती दुई भाइ को हुन् भनेर जान्न चाहन्छन् । रिपोर्टका अनुसार दुबै पहारिया ब्रदर्ससँग डेट गरिरहेका थिए ।

वीर पहारिया र शिखर पहारिया दुवै ठूलो र राजनीतिक परिवारका सन्तान हुन् । उनीहरूका बुबा सञ्जय पहारिया व्यवसायी हुन् । उनका हजुरबुवा पूर्व केन्द्रीय मन्त्री सुशील कुमार शिन्दे थिए ।

आमाको नाम स्मृति पहारिया हो । २८ वर्षका वीरले दुबईबाट पढाइ पूरा गरेका छन् ।

शिखरको उमेर २३ वर्ष हो । सँगै, दुवै भाइहरू सन् २०१८ मा इन्डिया विन ए गेमिङ र मनोरन्जन वेबसाइटमा जोडिएका थिए । धेरै पटक पहारिया ब्रदर्ससँग जान्हवी र साराको तस्वीर पनि भाइरल भए । तर, यी दुई अभिनेत्रीले भने यसबारे बोलेका छैनन् ।

करण जोहरले सारालाई अहिले उनको क्रस को हो र उनी कसलाई डेट गर्न चाहन्छिन् भनेर सोधेका थिए ।

सारा अली खानले यसबारे पहिले मौन बसिन् । त्यसपछि विजय देवरकोन्डाको नाम लिइन् । जब साराको यो बयानको प्रोमो रिलिज भयो, विजयले पनि यसमा प्रतिक्रिया दिए । यसअघि सारा र विजय सँगै देखिएका थिए ।

Leave a Reply

Your email address will not be published.