धन्यवाद मलाई होइन धराने जनतालाई दिनुः हर्क साम्पाङ

समाचार

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘हर्कराज राई’ले धन्यवाद र बधाई आफुलाई नभएर धराने जनतालाई दिन आग्रह गरेका छन् ।
आफु सानो मान्छे मात्र भएकाले धराने जनता नै असली कर्ता भएकाले आफ्नो चर्चा समेत नगर्न आग्रह गरेका छन् ।

मेयरमा निर्वाचित भएपछि उनले पछिल्लो समय खानेपानी व्यवस्थाको लागि आफुसँगै धराने जनतालाई समेत श्रमदानमा सहभाति गराउँदै आएका छन् ।

उनले लेखेका छन्– धन्यवाद र बधाई दिन मन छ भने धराने जनतालाई दिनु ! म जाबो एउटा सानो मान्छे मैले के नै गरेको छु र ? जे भएको छ, धराने जनता नै असली कर्ता हुन् ! कृपया म नाथेलाई हिरो नबनाउनु !

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट विभूषित गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई पोखरामा सोमाबार उक्त सम्मान प्रदान गरे।

गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम निर्धारण गरिएको छ। प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भीआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ।

छनोट समितिले ३ जनालाई छान्नसक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एकजनालाई मात्र छनोट गरिएको जानकारी उनले दिए। गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्था मन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो।

शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ।

गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो। त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो।

विभूषण ग्रहणपछि पुनले अनुसन्धान आफैंमा कठिन काम भएको भन्दै उनले १ सय वटा अनुसन्धानमध्ये १०(१५ वटामात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने भनाइ राखे।

अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण पुनले पेस गरे। ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ,’ पुनले भने, ‘अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन। हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्, तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन।’

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत् आविष्कार केन्द्र खोलेकामा आफू उत्साही भएको उनले बताए। गण्डकीमा आविश्कार केन्द्रकै खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको पनि उनले खुलाए।

विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नागीमा २०११ सालमा जन्मिएका पुनले बायोमेडिकल, कृषि, शिक्षा, ड्रोन लगायत क्षेत्रमा कार्य गर्दै आएका छन्। पुन रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए। मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी गराए। उनले भने, ‘हामीले महसुस गरेका छौं, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने छ।

उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको भन्दै प्रशंसा गरे। शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुनः यो स्थानमा पुगेको बताए।

गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको भनाइ राखे। उक्त अवसरमा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिका लागि योगदान गरेकाहरुबाट नामहरु छनोट गरिएको बताए।

Leave a Reply

Your email address will not be published.