न्युजील्याण्डको आवासीय भिसा प्राप्त गर्नेहरुको सूचीमा नेपालीहरु १२ औं स्थानमा

अन्तराष्ट्रिय समाचार

काठमाडौं । न्युजील्याण्डको आवासीय भिसा प्राप्त गर्नेहरुको सूचीमा नेपालीहरु १२ औं स्थानमा रहेका छन् ।न्युजील्याण्ड सरकारको अध्यागमन विभागमा संकलित तथ्यांक अनुसार सन् २०२१ जुलाई देखि २०२२ जुनसम्मको अवधिमा ११७९ जना नेपालीले आवासीय भिसा प्राप्त गरेका हुन् ।

यो बीचमा १४३ देशका नागरिकहरु मध्ये ८६ हजार १६० जनाले न्युजील्याण्डको आवासीय भिसा प्राप्त गरेका छन् । जसमा आवासीय भिसा पाउनेको संख्या सबैभन्दा धेरै भारतीय छन् ।

भारतीय नागरिक २० हजार १४८ जनाले आवासीय भिसा प्राप्त गरेका छन् भने दोस्रोमा फिलिपिन्सका १३ हजार ८६६ जनाले पाएका छन् ।

यस्तै तेश्रोमा दक्षिण अफ्रिका १० हजार ३१४ तथा चौथोमा चीनका ७ हजार ४३७ जनाले यस्तो भिसा पाएका छन् । यस्तै पाँचौंमा बेलायतका ४ हजार ९३२ जनाले आवासीय भिसा पाएका छन् ।

६ स्थानमा फिजी, ७ स्थानमा श्रीलंका, ८ स्थानमा संयुक्त राज्य अमेरिका, ९ स्थानमा दक्षिण कोरिया, १० स्थानमा ब्राजिल, ११ स्थानमा अफगानिस्तान र १२औं स्थानमा नेपाल रहेको छ ।

Leave a Reply

Your email address will not be published.