नयाँ आर्थिक वर्ष सुरु : आजदेखि लागू हुनेछन् यी व्यवस्था

आर्थिक समाचार

काठमाडौं: आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् ।

सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा:सार्वजनिक बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा भरतमणि पाण्डे आएसँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ । प्रजिअ र प्रहरी प्रमुख रवीन्द्र रेग्मीको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा जिल्लाका विभिन्न ठाउँबाट सो सवारी साधन नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published.