प्रचण्डले पारे दिउसै रात, स्वदेश फर्किएलगत्तै यस्तोसम्म भन्न भ्याए !

राजनिति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउसै रात पार्ने काम गरेका छन् । मोदीले समेत भेट्ने समय नदिएपछि रित्तै हात स्वदेश फर्किएका दाहालले दिउसै रात पार्ने काम गरेका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । उनले भारतले आफ्नो भ्रमणलाई निकै महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अहिले बढी सम्मान पाएको बताए । यही अभिव्यक्तीलाई लिएर दाहालले दिउसै रात पार्ने काम गरेको टिप्पणी गरेका छन् ।

उनले भारतीय अधिकारी विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । ‘उहाँसँग संवाद कस्तो होला भन्ने भित्रैदेखि भएको थियो ।

संविधान जारी हुनुअघि नमिठो संवाद भएको थियो’, उनले भने, ‘तर, ७ वर्षपछि भेट्दा कस्तो होला भन्ने लागेको थियो । सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो ।’उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँग दूतावासमा भएको ब्रेकफास्ट भेटघाटलाई नकारात्मक ढंगले प्रचार गर्ने काम भएको गुनासो गरे ।

भेटमा आरजुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र त्यसबाहेक अन्य कुराकानी नभएको बताए । भ्रमणका क्रममा भाजपाका अध्यक्षसँग भेटवार्ताका साथै नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेको बताए । प्रचण्ड भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published.