के बियर पिउनाले पत्थरीबाट छुटकारा मिल्छ ? जान्नुहोस् यस्तो छ रहस्य !

स्वास्थ्य

काठमाडौँ । पत्थरी को दुखाइ धेरै खतरनाक छ। यो जब उठ्ने गर्दछ तब मानिसको सहनशक्तिले पनि जबाफ दिने गर्दछ । । यस्तो अवस्थामा मानिसको चाहना हुन्छ कि जे गरेर भएपनि मिर्गौलाबाट पत्थरी निस्कियोस् ।

पत्थरी जब सानो आकारमा हुन्छ त्यसलाई धेरै पानी र पदार्थ सेवन गरेर पिसाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । तर यदि यो पत्थरी आकारमा ठूलो छ भने अपरेशन गर्ने मात्र विकल्प रहन्छ ।

कतिपय मानिसले पत्थरी हटाउन धेरै घरेलु उपाय पनि अपनाउने गर्छन् । इन्टरनेट यस्ता उपायहरूले भरिएको छ। यी मध्ये एउटा उपाय सबैभन्दा लोकप्रिय छ र त्यो हो बियर सेवन गर्नु।

तपाईले धेरैको मुखबाट पनि सुन्नु भएको होला कि यदि तपाईलाई पत्थरी छ भने बियर पिउन थाल्नुस् तपाईको पत्थरी हट्नेछ । के यो साँच्चै हुन्छरु के बियरले तपाईंलाई पत्थरीबाट मुक्ति दिन्छ त रु आउनुहोस् यस बारे सत्यता पत्ता लगाउनुहोस्।

अनुसन्धानले के भन्छ ? : अनुसन्धानका अनुसार बियर सेवन गर्ने मानिसमा पत्थरी हुने सम्भावना ४१ प्रतिशतले कम हुन्छ । यसको कारण बियरको सेवनले पिसाब बढी आउँछ । यस पिसाबबाट शरीरमा रहेका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

Leave a Reply

Your email address will not be published.