मन्त्रीबाट फिर्ता बोलाइएका आले, झाक्रीसहितका यी चार नेता अब त यस्तो पो गर्न थाले, माधव नेपालको बढ्यो प्रेसर !

राजनिति समाचार

काठमाडौं । मन्त्रीबाट फिर्ता बोलाइएका प्रेम बहादुर आले, राम कुमारी झाक्रीसहितका नेकपा एकीकृत समाजवादीका चार नेताको कदमले अध्यक्ष माधव कुमार नेपालको प्रेसर बढाएको खबर छ । ‘जबर्जस्ती’ मन्त्रीबाट फिर्ता बोलाइएका एकीकृत समाजवादीका चार पूर्वमन्त्री अहिलेसम्म पार्टीको काममा नफर्किएपछि अध्यक्ष नेपाललाई तनाव भएको हो ।

एक महिनाअघि एकीकृत समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्रीबाट फिर्ता बोलाएको थियो । पार्टीको निर्णयपछि उनीहरू असन्तुष्ट बनेका थिए । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनमा सक्रिय रहेका नेताहरू मन्त्रीबाट फिर्ता भएसँगै निष्क्रिय बसेपछि एकीकृत समाजवादीमा तरंग सिर्जना भएको छ ।

उनीहरू एक महिनादेखि पार्टी कार्यालयसमेत नगएको बुझिएको छ । मन्त्रीबाट फिर्ता बोलाइएकामध्ये झाँक्री त पार्टी सचिव पनि हुन् । उनी यतिबेला परिवार र साथीभाइसँग घुमघाममा व्यस्त छिन् ।

मन्त्री हुँदा घुम्ने फुर्सद नमिलेकाले अहिले आरामले घुमघाम गरिरहेको उनले बताएकी छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म कुनै भूमिका नदिएकाले काममा नफर्केको पनि उल्लेख गरेकी छन् ।

आफूहरूलाई मन्त्रीबाट फिर्ता बोलाउन पार्टीले निर्णय गरेलगत्तै चारैजनाले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षणसमेत गराएका थिए ।

तर, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतको तीव्र दबाबका कारण आले, झाँक्री, खतिवडा र श्रेष्ठले मन्त्री पद गुमाएका हुन् । उनीहरूलाई फिर्ता बोलाएर नयाँ गएका मन्त्रीहरू भवानी खापुङ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, हीराचन्द्र केसी भने नियमित पार्टी कार्यालय जाने गरेको बताइएको छ ।

एक महिनासम्म पार्टी काममा नफर्केका नेताहरू कतै एमाले वा अन्य पार्टीमा प्रवेश गर्ने तयारीमा त छैनन् भन्ने आशंका एकीकृत समाजवादीका नेताहरूमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published.