मनपरी लेख्ने पत्रकारहरुका लागि बज्यो खतराको घण्टी, बालेनले फेरि चाले अर्को कडा कदम !

समाचार

काठमाडौं । तथ्यहिन समाचार लेख्ने पत्रकार तथा मिडियाहरुका लागि खतराको घण्टी बजेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पत्रकारहरु नै झस्काउनेगरी कडा कदम चालेका हुन् ।

मेयर साहले दुइटा सञ्चार माध्यमलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दिएका छन् । काठमाडौं महानगरपालिकाले दुइटा सञ्चार माध्यमलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिललाई पत्र लेखेको मेयर बालेन शाहले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

मंगलबार महानगरले विज्ञप्ति जारी गर्दै महानगरपालिकाको आर्थिक वर्ष २०७९्८० को प्रस्तावित बजेट तथा कार्यक्रममा अमुक संस्थालाई रकम उपलब्ध गराउने भनी तथ्यहीन, भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यमहरूले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रूपमा प्रकाशन र प्रसारण गरेको तथ्यहीन समाचारहरूले भ्रम सृजना हुनाको साथै यसबाट व्यक्तिगत र संस्थागत आँच पुगेको छ।’

विज्ञप्तिमा मेयर बालेनले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले भ्रामक र तथ्यविहीन समाचार प्रकाशन र प्रसारण गरेको हुँदा कारबाही गर्न माग गरेका छन्। पत्रकार आचार संहिता २०७३ बमोजिम कर्तव्य पालना नगरेको देखिएको हुँदा उक्त सञ्चार माध्यमलाई कारबाही गर्न माग गरिएको छ।

Leave a Reply

Your email address will not be published.