शलानकिराले तहल्का मच्चाएपछि बोलिन् नविना लामा, खोलिन् त्यसो हुनुको रहस्य !

समाचार

काठमाडौं – शलानकिरा शब्द भाइरल बनेपछि नेकपा एमाले सांसद नविना लामाले मुख खोलेकी छन् । लामाले आफू नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने क्रममा अशुद्ध भएको स्पष्टीकरण दिएकी हुन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले बोलेका केही शब्द गलत उच्चारण भएको थियो । त्यसपछि उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

उनले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाएकी थिइन् । तर कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक पटक शल्यक्रियाको सहि उच्चारण गर्न सकिनन् । उनले लिखित रुपमा पढेको भाषण बच्चाले पाठ पढेको जस्तो देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् ।

उनले अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया रोकिएको छ भन्नुपर्नेमा अक्सीमिटरको अभावमा मुटुको सलानकिरा रोकिएको छ भन्न पुगेकी थिइन् ।त्यहीबारे उनले स्पष्टीकरण दिएकी हुन् । शून्य समयमा बोल्ने क्रममा भाषामा अशुद्ध भएको कुरामा आफूले स्वीकार गरेको उनले बताएकी छिन् ।

उनले भनिन्, ‘म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु । मैले अरू बेला पनि बोल्ने लेख़्ने विषयमा गल्ती नै गरिरहेको छु । यो विषयमा सच्याउने कोसिस गरिरहेकी छु,’

साथै उनले आफूले राखेको विषयको गाम्भीर्यतालाई छोडेर केही मिडियाले गलत मनसायले प्रचार गरेको गुनासो गरेकी छन् । तर, आगामी दिनमा आफू सच्याउने प्रयास गर्ने उनले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published.